अनन्ता पहिलो

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को वार्षिकोत्सवका अवसरमा आयोजित महिला कर्मचारीको म्युजिकल चेयरमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानकी अनन्तादेवी खनाल सोमबार पहिलो भएकी छन् ।
त्रिपुरेश्वरस्थित राखेप हातामा भएको प्रतिस्पर्धामा सामान्य प्रशासनकी गीता ज्ञवाली दोश्रो तथा स्वास्थ्य शाखाकी प्रभा कर्माचार्य तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार जिते ।
म्युजिकल चेयरको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतिस्पर्धामा २३ महिला कर्मचारी सहभागी थिए ।
वार्षिकोत्सव अन्तर्गगत साँझ राखेप हाताका साथै ७५ जिल्ला र ५ क्षेत्रीय खेलकुद कार्यालयमा पनि दीपावली गरिएको थियो । राखेपले आफ्नो ५३ औं वार्षिकोत्सवलाई तीनदिन विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *