अभिलाषा श्रीलंका जाने

काठमाडौं, असोज १४ गते ।
एसियन ¥याकिङ टेनिस टुर्नामेन्टको सर्किट १ र २ मा सहभागी हुन अभिलाषा विष्ट शनिबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्दैछिन् ।
श्रीलंका टेनिस संघको आयोजनामा हुने सर्किट १ अक्टोबर ३ देखि ७ तथा सर्किट २ अक्टोबर १० देखि १४ तारिखसम्म हुनेछ । अभिलाषाले यु–१४ उमेरसमूहको महिला सिंगल्समा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । श्रीलंकामा उपलब्ध खेलाडीसंग मिलेर अभिलाषाले डबल्समा पनि प्रतिस्पर्धा गर्ने बताइएको छ ।
अभिलाषासंग मलेसिया, थाइल्यान्ड र भारतमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । त्यसैगरी, हालै नेपालमा भएको केशा ग्रुप एएनएलटीए एसियन जुनियर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को सिंगल्समा अभिलाषाले रजत पदक जितेकी थिइन् ।
अभिलाषालाई अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणाले सफलताको शुभकामना दिदै सातदोबाटो टेनिस कम्प्लेक्समा शुक्रबार बिदाइ गरिन् । अभिलाषा लनटेनिस संघका सदस्य समेत रहेका पिता अजयसंग श्रीलंका जाँदैछिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *