अस्थायी कर्मचारीको संघर्ष समिति

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विभिन्न निकायमा कार्यरत अस्थायी कर्मचारीको हकहितका लागि अस्थायी खेलकुद कर्मचारी संघर्ष समिति बुधबार गठन गरिएको छ । अस्थायी कर्मचारीहरुको भेलाले काजीमान श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय संघर्ष समिति गठन गरेको हो ।
समितिको उप–संयोजकमा प्रेमनाथ श्रेष्ठ, उपाध्यक्षमा गणेश जिम्बा लामा, सचिवमा राजेन्द्र सुवेदी र कोषाध्यक्षमा कुमार श्रेष्ठ रहेका छन् । अर्जुनभक्त राईलाई प्रवक्त तोकिएको छ ।
विन्दा महाराजी, सञ्जु महर्जन, सञ्जय रन्जित, सिजु श्रेष्ठ, तिलक घिमिरे, राजकुमार रसाइली, रमेश मगर, कुमार पौडेल र मनोज खड्गी सदस्यमा चयन भए ।
लामो समयदेखि अस्थायी रुपमा कार्यरत कर्मचारीलाई स्थायी गराउने विषयमा आगामी बोर्ड बैठकमा छलफल गर्ने गरी राखेप सदस्य–सचिव केशवकुमार विष्टलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको सचिव सुवेदीले जानकारी गराए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *