इरा र अर्नभ पहिलो

काठमाडौं, भदौ २४ गते ।
नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट १ को उपाधि शुक्रबार जितेका छन् ।
केशा ग्रुपको मुख्य प्रायोजन तथा एसियाली टेनिस महासंघको सहयोगमा अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्स फाइनलमा इराले भारतकी सम्भावी तिवारीलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरिन् ।
भारतकी लक्षण्या श्रीवास्तव तेश्रो, नेपालका प्रेरणा कोइराला चौथो र अभिलाषा विष्ट पाँचौं, भारतकी तनिशा प्राण्जल छैटौं, नेपालका रायना शाह सातौं, प्रियंका चौधरी आठौं र इशाश्री शाह नवौं तथा भारतकी अर्सिया अहमद दसौं स्थानमा रहे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा अर्नभले नेपालका आदित सुवेदीलाई ६–२ र ६–२ को सीधा सेटमा हराए ।
नेपालका सम्यकभूषण वज्राचार्य तेश्रो, भारतका अमितोज सच्देवा चौथो, एम्बिसियस गोल्डस्मिथ पाँचौं र आर्यमन मेहता छैटौं, नेपालका सहर्ष चन्द सातौं तथा भारतका वत्सल श्रीवास्तव आठौं, श्रीकान्त ठाकुर नवौं र शशिकान्त ठाकुर दसौं भए ।
विजेतालाई लनटेनिस संघकी अध्यक्ष ज्योति राणा, ललितपुर जिल्ला लनटेनिस संघका अध्यक्ष दीपक कार्की र केशा ग्रुपका अध्यक्ष केशवराज पाण्डेले पुस्कृत गरे । सोमबारदेखि सुरु भएको प्रतियोगितामा २६ ब्वाइज र १८ गल्र्स सहभागी थिए । प्रतियोगिताअन्तर्गत सर्किट २ सोमबारदेखि सुरु हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *