कार्कीको लपु–लुम्बिनी च्यारिटी दौड

धावक रामसुन्दर कार्कीको ललितपुरदेखि लुम्बिनीसम्मको च्यारिटी दौड बुधबारदेखि प्रारम्भ भएको छ । जावखेलस्थित नेपाल बाल संगठनको प्राङ्गणदेखि कार्कीले दौड यात्रा प्रारम्भ गरेका हुन् । कार्कीलाई पूर्व सांसद रामकृष्ण चित्रकारलगायतले सफलताको शुभकामना दिदै बिदाइ गरे ।
यसअघि उपत्यकादेखि लुम्बिनीसम्म कार्कीले पाँचपटक दौडि सकेका छन् । दौडका दौरान कार्कीलाई कुमार कार्कीले स्कर्टिङमा सहयोग गरिरहेका छन् ।
२०७२ सालको बैशाखमा गएको भूकम्पले क्षति पुगेको नक्सालस्थित नेपाल बाल संगठनको भवन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले दौडिएको कार्कीले जनाएका छन् ।
पहिलो दिन कार्की मुङलिङमा वास बस्नेछन् भने बुद्धजयन्तीका दिन जेठ ८ गते, शनिबार बिहान लुम्बिनी पुग्ने बताइएको छ । त्यसदिन कार्की लुम्बिनीमै बुद्धजयन्तीका अवसरमा हुने ¥यालीमा पनि सहभागी हुने कार्यक्रम छ । २०७२ सालको बैशाखमागएको भूकम्पकारणपीडित दोलखाको चरिकोटस्थितगौरीशंकर बाल गृहमाआश्रित अनाथ र असाहय बालवालिकाका लागि दुई कोठे भूकम्प प्रतिरोधात्मक भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले कार्कीसहित राजप्रधान, नारायण आचार्य र डेविड जे.इन्ग्रामको चार सदस्यीय टोली ललितपुरदेखि दोलखासम्म गत बैशाखमा दौडेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *