क्योकुसिनमा गौचनको निरन्तरता

नेपाल क्योकुसिन कराते डो संघको चुनावी साधारणसभाले संस्थापक जगतप्रसाद गौचनलाई अध्यक्षमा निरन्तरता दिदै १८ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
10 (2)उपाध्यक्षमा पुष्पमान मानन्धर र रामजीप्रसाद वज्राचार्य, महासचिवमा रविन्द्र महर्जन, सचिवमा विकास महर्जन तथा कोषाध्यक्षमा आश्मान तामाङ रहेका छन् ।
मीनबहादुर शाही, अम्बरबहादुर राई, सुरज थापा, गुन्जबहादुर राई, भीमदेव कार्की, राजकुमार श्रेष्ठ, राजकुमार लामा, प्रभाकर महर्जन, हिपेश भारती, सन्जित रोका, धनसुर शाही तथा श्याम महर्जन सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले प्रमाणपत्र विरतरण गुर्नका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराए । यसअघि साधारणसभाको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *