क्योकुसिन बुदोकाइमा लोहनी

नेपाल क्योकुसिन बुदोकाइ कराते संघको विशेष साधारणसभाले कपिलप्रसाद लोहनीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा दिनेशकुमार कार्की र राज श्रेष्ठ, महासचिवमा राजेन्द्र सुवेदी, सचिवमा रुद्र ढुंगेल तथा कोषाध्यक्षमा धनबहादुर तामाङ रहेका छन् ।
लक्ष्मण कुँवर, अज्गर खाँ, मिनबहादुर गुरुङ, डेनिल डंगोल तथा कृष्णराज गिरी सदस्यमा चयन भए । दीपकबहादुर गोदारलाई उपाध्यक्षमा मनोनित गरियो भने दामोदर नेपाल सल्लाहकारमा चयन भए ।
साधारणसभाको नेपाल क्योकुसिन कराते डो संघका अध्यक्ष जगतप्रसाद गौचनले एक कार्यक्रमबीच उद्घाटन गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *