खेल क्षेत्रको विकासका लागि सवैसंग छलफल गरेर अगाडी बढ्ने – युवा तथा खेलकुद मन्त्री

नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ्गले खेलकुद क्षेत्रको विकासका लागि सवैसंग छलफल गरेर अगाडी बढ्ने बताएका छन् । मन्त्रालयको तर्फबाट हुने सम्पूर्ण कार्यका लागि आफु सदा अगाडी बढ्ने तथा खेल क्षेत्रलाई परिणाममुखी र संदेशमुलक कसरी बनाउन सकिन्छ छलफलबाट अगाडी बढ्ने मन्त्रीले बताए ।
बुधबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रममा बोल्दै मन्त्री तामाङ्गले उक्त विचार राखेका हुन् । कार्यक्रममा संघले खेलाडी हकहित र गुनासाहरु समावेस गरिएको ध्यानकर्षण पत्र बुझ्दै मन्त्री तमाङ्गले खेलाडी हकहितका लागि सहसचिवको संयोजकत्वमा कार्यविधी मस्यौदा निर्देशिका समिति बनाईसकेको र उक्त समितिलाई १५ दिनको समय दिएकोमा समितिले कार्य थालि सकेको र उक्त मस्यौदामा छलफल गरि छिटैनै कार्यान्वन प्रकृयालाई अगाडी बढाउने बताए । खेलाडीहरुले प्राप्त गर्ने प्रोत्साहन भत्तालाई कटौती गर्ने नभई त्यसलाई अझ राम्रो गर्ने तर्फ अग्रसर हुने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *