गोर्खा क्रु र मल्पीलाई उपाधि

द गोर्खा क्रु बेसबल क्लब र मल्पी इन्टरनेसनल स्कुलले राष्ट्रिय जुनियर यु–१५ बेसबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । गोर्खा पुरुष र मल्पी महिलातर्फ च्याम्पियन बने ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा गोर्खाले भक्तपुर राइजिङ स्टारलाई १–० ले पराजित ग¥यो ।
नेपाल बेसबल तथा सफ्टबल संघद्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा मल्पीले बुढानीलकण्ठलाई १५–४ ले हरायो । पुरुषमा मल्पी तथा महिलामा ज्ञानोदयले तेश्रो स्थानमा चित्त बुझाए ।
विजेतालाई आयोजक संघका उपाध्यक्षद्वय प्रदीपकुमार खत्री र विमलकुमार भट्टराई तथा महासचिव दीपक न्यौपानेले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको पुरुषमा ८ तथा महिलामा ६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *