छैटौं चिल्र्डेन अफ एसियामा आठ खेलाडी

रसियाको याकुजमा ५ देखि ७ जुलाईसम्म हुने छैटौं चिल्र्डेन अफ एसिया अन्तर्राष्ट्रिय स्पोर्टस गेम्समा सहभागी हुने नेपाली टिमको विदाई गरिएको छ । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मन्डल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार एनओसी भवनमा आयोजित विदाई कार्यक्रममा खेलाडी, टिम म्यानेजर तथा प्रशिक्षकको विदाई गर्नुभयो ।
प्रतियोगितामा आठ खेलाडी, तीन कोच र दुई टिम म्यानेजरको सहभागीता हुँदै छ ।
सहभागी हुने खेलाडीमा बक्सिङतर्फ विशाल श्रेष्ठ र कुशुम तामाङ छन् । बक्सिङको टिम म्यानेजरमा शान्ति सिंह छिन् भने कोचतर्फ निमा तामाङ छन् । त्यसैगरि तेक्वान्दो खेलाडीमा दक्षिणा ठाकुर र गोविन्द्रबहादुर आले रहेका छन् भने तेक्वान्दो टिम म्यानेजरमा उपेन्द्र कुमार पौडेल, र कोचमा गोविन्द प्रसाद शर्मा रहेका छन् । त्यसैगरि टेबलटेनिसतर्फ सन्तु श्रेष्ठ र दिक्षा तामाङ छन् भने जुडोतर्फ रोशन बहादुर दोङ, सद्धा कुमारी खत्री छन् । जुडोको कोचतर्फ मोहन सुनुवार छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *