जुनियर बेसबल बिहीबार

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा राष्ट्रिय जुनियर बेसबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ७ विद्यालय र २ क्लबका गरी जम्मा ९ टिमको सहभागिता रहने आयोजक संघका महासचिव दीपक न्यौपानेले जनाएका छन् । यु–१५ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ । लिग कम नकआउट आधारमा हुने दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *