टेक्निकल सेमिनार

निहोन सोतोकान कराते डो संघको आयोजनामा दोश्रो टेक्निकल सेमिनार सम्पन्न भएको छ । सेमिनारमा ३५ सिनियर खेलाडीको सहभागिता रहेको थियो ।
प्रमुख प्रशिक्षक मुना आले मगर र वरिष्ठ प्रशिक्षक प्रकाश थापा मगरले सेमिनार सञ्चालन गरेका थिए । सहभागीलाई संघका अध्यक्ष जितेन्द्रबहादुर मोक्तान, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *