डण्डीबियो मंगलबार

काठमाडौं, भदौ १२ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोश्रो उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबिया प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा काठमाडौंबाट ४, ललिपतुर र भक्तपुरबाट ३–३ तथा काभ्रेबाट २ गरी जम्मा १२ टिमको सहभागिता रहने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत मीनकुमार शर्माले जनाएका छन् ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १० हजार, ७ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुेश्वरस्थित राखेपको हातामा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *