यो उपालब्धी सिडी मात्र हो सिखर चढ्न बाँकी छ–सदस्य सचिव घिसिङ

यो उपालब्धी सिडी मात्र हो सिखर चढ्न बाँकी छ – राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले यु – १९ क्रिकेट प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कृत गर्ने क्रममा बताएका हुन् ।
किर्तिपुर स्थित क्रिकेट मैदानमा यू–१९ क्रिकेट प्रतियोगिताका बिजेता खेलाडीलाई आईतवार पुरस्कृत गदै सदस्य–सचिव घिसिङले नेपाली खेलकुद प्राप्त गरेको उपलब्धिमा धेरै सन्तोष गरेर हामी रमाउने गर्छ,यो एउटा सिडीमात्र हो शिखर चुम्न बाँकी रहेको बताए। उनले नेपाली क्रिकेटको चाम निक्कै उकालो लागेको बताउदै – कर्पोरेट क्षेत्रको साझेदारीले खेलकुदमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । बिजेता खेलाडी प्रति संकेत गदै सदस्य–सचिव घिसिङले – यो उपलब्धीले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो प्रदर्शनलाई प्रभाबकारी रुपले प्रर्दशन गर्ने चुनौती थपिएको बताए ।
लुम्बिनी प्रदेशले यु–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि आइतबार जितेको छ । कीर्तिपुरमा भएको फाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई १ सय १३ रनले पराजित ग¥यो । सुदूरपश्चिम मात्र ९९ रनमा समेटियो ।