राष्ट्रिय जुनियर बेसबल सुरु, गोर्खाक्य्रु, मल्पी, भक्तपुर राईजिङ्ग र बुढानिलकण्ठ अन्तिम चारमा

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा राष्ट्रिय जुनियर (यु–१५) बेसबल प्रतियोगिता बिहिबार दशरथ रङ्गशालामा सुरु भएको छ ।
नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा भएको प्रतियोगितामा गोर्खाक्य्रु, मल्पी, भक्तपुर राईजिङ्ग र बुढानिलकण्ठ छात्र तर्फ आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।
IMG_8888नकआउटको आधारमा खेलाईएको प्रतियोगितामा गोर्खाले ज्ञानोदयलाई ७–१ रनले पराजित ग¥यो । यस्तै मल्पीले होली फिल्डलाई ४–३ रनले, भक्तपुर राईजिङ्ग क्लबले ब्रिटिष गोर्खा स्कुललाई १०–० तथा बुढानिकण्ठ स्कुलले हिमालयन आदर्श स्कुललाई ९–८ ले पराजित गर्दै सेमिमा स्थान बनाएका हुन् ।
६ स्कुल र २ क्लबको सहभागिता रहेको प्रतियोगिता दुई दिन सम्म सञ्चालन हुने छ ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीले एक कार्यक्रमविच उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री श्रीपाईलीले नेपालमा नयाँ खेलको रुपमा रहेको यस खेलको विकासमा संघ सदा लागि पर्नेमा आफु विस्वस्त रहेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *