सदस्य सचिबद्वारा अनितालाई बिदाइ

नेपालकी पहिलो महिला जज आर्चरीकी अनिता गुरुङ जजेज सेमिनारमा सहभागी हुन शुक्रबार युएइको सारजाह प्रस्थान गर्दै छिन् ।
सेमिनार जुन ११ देखि १३ तारिखसम्म सञ्चालन हुने छ । पूर्व राष्ट्रिय खेलाडी अनिताले छैटौं राष्ट्रिय खेलकुदको एकल स्पर्धामा कांस्य र टिममा स्वर्ण जितेकी थिइन् । अनिताले १३ औं दक्षिण एसियाली खेलकुदमा निर्णायकको भूमिका पनि निर्वाह गरेकी थिइन् ।
प्रयोगात्मक र लिखित परीक्षामा ८० प्रतिशत ल्याएमा अनिता नेपालकै पहिलो र एक मात्र कन्टिनेन्टल आर्चरी जज बन्ने नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले अनितालाई सफलताका लागि शुभकामना दिदै बिहीबार एक कार्यक्रमबीच बिदाइ  गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया