सुनबहादुर र रिया उत्कृष्ट खेलाडी

सोलुखुम्बुका सुनबहादुर तामाङ र गोर्खाकी रिया गुरुङ दोश्रो राष्ट्रिय उमा कुङफु प्रतियोगितामा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
प्रतियोगिताको अन्तिम दिन बसुन्धाराचौकीस्थित ऋत एकेडेमीमा भएको किक बक्सिङ भिडन्तको पुरुष २०–२५ केजीमा गोर्खाका अभिषेक बानियाँ, २५–३० केजीमा धादिङका कुमार कार्की, ३०–३५ केजीमा काठमाडौंका राहुल महर्जन, ३५–४० केजीमा सोलुखुम्बुका सुनबहादुर तामाङ, ४०–४५ केजीमा उदयपुरका रविन्द्र मगर, ४५–५० केजीमा काठमाडौंका सन्जयराज पुटुवार, ५०–५५ केजीमा नुवाकोटका प्रकाश तामाङ, ५५–६० केजीमा सोलुखुम्बुका उमेश मगर तथा खुलामा काठमाडौंका रविन पुटुवारले स्वर्ण जिते ।
नेपाल उमा कुङफु संघद्वारा आयोजित प्रतियोगिताको महिला किक बक्सिङको २०–२५ केजीमा काठमाडौंकी कृपा पौडेल, २५–३० केजीमा काठमाडौंकी कुसुम कुँवर, ३०–३५ केजीमा दाङकी अमृता नाथ, ३५–४० केजीमा काठमाडौंकी कौशिला श्रेष्ठ, ४०–४५ केजीमा सोलुखुम्बुकी रिनामाया तामाङ, ४५–५० केजीमा संखुवासभाकी श्रद्धा सुब्बा तथा खुलामा काठमाडौंकी पासाङ तामाङले पहिलो स्थान हात पारे ।
विजेतालाई लगानी बोर्डका पूर्व प्रमुख राधेश पन्तलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । दुईदिने प्रतियोगितामा विभिन्न ३५ जिल्लाका ३ सय खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *