पौडी टोली थाइल्यान्ड प्रस्थान

इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली पौडी टोली बैदेशिक प्रशिक्षणका लागि शुक्रबार थाइल्यान्डको फुकेट प्रस्थान गरेको छ । २ महिला खेलाडी र १ प्रशिक्षकसहित ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । खेलाडीमा गौरिका सिंह र टीसा शाक्य रहेका छन् । प्रशिक्षकमा ओङडेन लामा छन् […]

मोर्डन पेन्टाथलनमा श्रेष्ठको निरन्तरता

मोर्डन पेन्टाथलन फेडेरेसन नेपालको पहिलो साधारण सभाले राजेन्द्र श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिदै २० सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध निर्वाचित गरेको छ ।मोर्डन पेन्टाथलन फेडेरेसन नेपालको पहिलो साधारण सभाले राजेन्द्र श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिदै २० सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्षमा बालचन्द्र रानाभाट, उपाध्यक्षमा अरुणप्रकाश श्रेष्ठ, सकुन्तला नगरकोटी, भगवती विष्ट, राजु […]

सात खेलाडी तेश्रो डानबाट दिक्षित

नेपाल गोजुकाई कराते डो संघ संग आवद्ध सात खेलाडी तथा प्रशिक्षक तेश्रो डान (सान डान) बाट दिक्षित हुन सफल भएका छन् । यस्तै ७ जना दोश्रो डान (नि डान) र १७ जना पहिलो डान (सो डान) बाट दिक्षित भएका छन् । प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले शनिबार एक कार्यक्रमबिच बेल्ट […]

लनटेनिस टोली मलेसिया प्रस्थान

काठमाडौं, साउन २३ गते । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने लनटेनिस टोली बैदेशिक प्रशिक्षणका लागि बुधबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ । खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा प्रशिक्षण गर्नेछन् । त्यसै एकेडेमीमा मलेसियाको लनटेनिस एसियाड टोली पनि प्रशिक्षण गरिरहेकोले नेपाली खेलाडीले उनीहरुसंग अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ । पुरुष […]

जुडो टोली हंगेरी प्रस्थान

बुढापेस्ट ग्रान्ड प्रिक्समा सहभागी हुन ७ खेलाडीसहित ८ सदस्यीय नेपाली जुडो टोली बुधबार हंगेरीको बुढापेस्ट प्रस्थान गरेको छ । अगष्ट १० देखि १२ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि सन्जित डंगोल, ९० केजीमुनि श्रीराम मकाजु र १०० केजीमुनि रविन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५२ केजीमुनि देविका खड्का, ५७ केजीमुनि मनीता […]

एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशियाका लागि प्रस्थान

इण्डोनेशियामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार पोखरा बाट प्रस्थान गरेको छ । पोखराका बाट जान लागेको टिमलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रिय महासचिब शैलेन्द्र राउत, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक लगाएतले विदाई गरेका थिए । प्याराग्लाईडिङ खेलमा सहभागीता जनाउनेमा नेपालका ५ जना पुरुष र […]

सदस्य–सचिव विष्ट इन्डोनेसिया प्रस्थान

काठमाडौं, साउन २१ गते । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट सोमबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेका छन् । सदस्य–सचिव विष्ट एसियाडमा सहभागी हुने नेपाली टोलीको सेभ दि मिसन रहेका छन् । अगष्ट ७ तारिखमा जकार्तामा हुने सेभ दि मिसनको बैठकमा सहभागी हुन सदस्य–सचिव विष्ट त्यसतर्फ प्रस्थान गरेका हुन् । सदस्य–सचिव विष्टसंगै नेपाल ओलम्पिक कमिटीका सुजनलाल […]

जुडो टोलीको स्वागत

थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक युनिभर्सिटी थाइल्यान्ड जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोलीलाई सोमबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल जुडो संघले स्वागत गरेको छ । अगष्ट ४ र ५ तारिखमा भएको प्रतियोगितामा नेपालले २ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको थियो । प्रतियोगितामा नेपाल समग्रमा तेश्रो भयो । आयोजक थाइल्यान्ड ७ स्वर्णसाथ टिम च्याम्पियन बन्यो […]

पोखरामा खुल्ला पुरुष बिच भलिबल हुने

पोखरा, २१ पोखरा । पोखरामा “प्रथम खुल्ला पुरुष बिच भलिबल प्रतियोगिता २०७५” हुने भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा हुने बिच भलिबलका लागि तयारी तिब्र पारिएको आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ । पोखरा फेवातालको किनार बाराही घाटमा यहि भदौ १ देखि ३ गते सम्म आयोजनामा प्रतियोगितामा २५ टिम भन्दा बढीको सहभागिता […]

बास्केटबल टोली श्रीलंका प्रस्थान

फिबा थ्री अन थ्री एसिया क्वेस्ट स्टोप– साबा क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली श्रीलंकाको कोलोम्बो प्रस्थान गरेको छ । पुरुष टोलीमा मबिन्द्र भण्डारी (कप्तान), अजय कुश्वाहा, निश्चल महर्जन र अनिश बस्नेत रहेका छन् । अनुषा मल्लको कप्तानीमा रहेको महिला टोलीमा भावना लामा, श्रेया खड्का र एलिना गुरुङ छन् । अफिसियलमा विकास शाही र सदिना […]

FederationsView All

समाचार / गतिबिधि View All