एसियाडलाई कुस्ती छनोट

इन्डोनेसियामा हुने आसन्न १८ औं एसियाली खेलकुदका लागि कुस्ती खेलाडीको खुला छनोट प्रतियोगिता बैशाख १५ गते हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने एकदिने छनोटको पुरुष÷महिलामा समान ८–८ स्पर्धामा प्रतिस्पर्धा हुने कुस्ती मुख्य प्रशिक्षक खगेन्द्र बस्नेतले जनाएका छन् । पुरुषमा ५७, ६१, ६५, ७०, ७४, ८६, ९७ र १२५ केजी तौलसमूहमा खेल […]

काठमाडौं ओपन चेसमा विदेशी खेलाडीको अग्रता

काठमाडौैं ओपन अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगितामा उच्च वरियाताका विदेशी खेलाडीहरुले अग्रता लिएका छन् । प्रतियोगिताको छैटौं चरणका खेल सकिँदा ७ जना ग्राण्डमास्टरसहित १४ जना खेलाडीले ५ अंकसहित संयुक्त अग्रता हासिल गरेका छन् । होमल्याण्ड स्पोर्टस क्लवको आयोजनामा बुढानिलकण्डस्थित पार्क भिलेज रिसोर्टमा जारी प्रतियोगिताको छैटौं चरणमा भारतीय इन्टरनेशनल मास्टर हर्ष भाराथाकोटीले युक्रेनका ग्राण्डमास्टर तालेृभ कन्सेन्टिनलेसँग बराबरी […]

प्रियालाई राखेपको झण्डा

काठमाडौं, चैत २९ गते । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकी न्यु २४ टेलिभिजनकी खेल पत्रकार प्रियालक्ष्मी कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो झण्डा हस्तान्तरण गर्दै सफल आरोहणका शुभकामना दिएको छ । राखेपले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार आयोजना गरेको नव वर्ष २०७५ सालको शुभकामना आदान प्रदान कार्यक्रममा प्रियालाई सफल आरोहणको शुभकामनासहित झण्डा […]

ओपन अन्तर्राष्ट्रिय ग्रान्ड मास्टर चेस सुरु

काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगिता बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । होमल्याण्ड स्पोर्टस क्लव नेपालको आयोजनामा बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सुरु प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले सरकारी स्तरबाटै आयोजना हुनुपर्ने अन्तर्राष्ट्रियस्तरको यस्ता प्रतियोगिता निजी क्षेत्रले गरेकोमा धन्यबाद दिए । मन्त्री विश्वकर्माले खेलकुदको […]

ताराले गरिन् किर्तिमानमा सुधार

नेपाल पुलिसकी तारादेवी पुनले ७५ केजी तौल समूहमा आफ्नै नाममा रहेको राष्ट्रिय किर्तिमानमा सुधार गरेकी छिन् । उनले काठमाण्डौ जिल्ला भारोत्तोलन संघद्वारा आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान स्नाच, क्लिन एण्ड जर्क र कुलको किर्तिमानमा सुधार गरेकी हुन् । पुनले स्नाचमा ६८ केजी, क्लिन एण्ड जर्कमा ९६ केजी र कुलमा १६४ केजीको नयाँ किर्तिमान […]

तारा देवी र पुकार स्ट्रङ्गेष्ट खेलाडी

नेपाल प्रहरीकी तारादेवी पुन महिला तर्फ र नेपाली सेनाका पुकार गुरुङ्ग पुरुष तर्फ प्रतियोगिताको स्ट्रङ्गेष्ट खेलाडी घोषित भए । उनीहरुले ट्रफी प्राप्त गरे । यसै गरि महिला तर्फ जुनियरमा ओम फिटनेशकी संजु चौधरी र सिनियर तर्फ नेपाल प्रहरीकी देवी कुमारी चौधरी उत्कृष्ट लिफ्टर घोषित भए । यस्तै पुरुष तर्फ सिनियरमा सेनाका कमलबहादुर अधिकारी र जुनियर […]

ताराले गरिन् किर्तिमानमा सुधार

नेपाल पुलिसकी तारादेवी पुनले ७५ केजी तौल समूहमा आफ्नै नाममा रहेको राष्ट्रिय किर्तिमानमा सुधार गरेकी छिन् । उनले काठमाण्डौ जिल्ला भारोत्तोलन संघद्वारा आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान स्नाच, क्लिन एण्ड जर्क र कुलको किर्तिमानमा सुधार गरेकी हुन् । पुनले स्नाचमा ६८ केजी, क्लिन एण्ड जर्कमा ९६ केजी र कुलमा १६४ केजीको नयाँ किर्तिमान […]

आठौंको मिति तय

काठमाडौं, चैत २८ गते । आठौं राष्ट्रिय खेलकुदको मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बुधबार सातदोबाटोमा बसेको १०९ औं बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । यसअघि […]

संगिताले तोडिन बा¥ह बर्ष पुरानो किर्तिमान

संगिता राईले ४८ केजी तौल समूहमा १२ बर्ष पुरानो किर्तिमानलाई भंग गर्दै आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएकी छिन् । उनले काठमाण्डौ जिल्लाद्वारा आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान उक्त किर्तिमान भंग गरेकी हुन् । नेपाल पुलिस क्लबकी संगिताले सिनियर तर्फ स्नाच र कुलमा निता थापाले २०६२ सालमा काठमाण्डौमा भएको ३५ […]

संभावना बोकेकी कमला श्रेष्ठ घाईते

महिलाको ५८ केजी तौलमा नेपाली सेनाकी कमला श्रेष्ठले स्नाचमा आफ्नै नाममा रहेको ६७ केजीको किर्तिमानमा सुधार गर्दै ६८ केजी तौलको नयाँ किर्तिमान राखेता पनि क्लिन एण्ड जर्कमा पनि नयाँ राष्ट्रिय किर्तिमान कायम गर्ने क्रममा उनी घाईते हुन पुगिन् । कमलाले स्नाचमा ६७ केजीको किर्तिमान २०१७ मा तुर्कमेनिस्तानमा भएको ५ औं मार्सल आर्टस् गेम्समा राखेकी थिईन् […]

FederationsView All

समाचार / गतिबिधि View All