फाइटमा नेपाल पुलिस च्याम्पियन, नेपालका गुरागाई र इन्डोनेसियाकी डिना उत्कृष्ट

प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिपको फाइटमा नेपाल च्याम्पियन भएको छ । आइतबार सम्पन्न प्रतियोगिताको सिनियरतर्फ नेपाल पुलिस क्लबले ३ स्वर्ण,४ रजत र २ कास्य जित्दा च्याम्पियन हुदा नेपालकै यति तेक्वान्दो डोजाङ २ स्वर्णका साथ दोस्रो भयो । एक स्वर्ण,तीन रजत र दुई कास्य जितेको भुटानले तेस्रो स्थानमा चित्त बुझायो । क्याडेटतर्फ पनि नेपालकै आयोजक युनाईटेड […]

ट्राइयाथलन खेलाडी मलेसिया प्रस्थान

मित्र राष्ट्र मलेसियाको तान्जुङ्ग मालिम शहरमा आयोजना हुने क्वालालम्पुर एएसटिसी ट्यालेन्ट आईडेन्टिफिकेसन क्याम्पमा सहभागी हुन तीन खेलाडी र एक प्रशिक्षक गरि ४ सदस्यीय टोली मलेसिया प्रस्थान गरेका छन् । सहभागी हुन जाने खेलाडीहरुमा दक्षिण एशियाली रजत पदकधारी रोजा के.सी., नितेश मानन्धर र देवेश मानन्धर तथा प्रशिक्षकमा आनन्द लेप्चा रहेका छन् । नेपाल सहित १२ राष्ट्रका […]

भक्तपुर खेलाडी संघमा राजन

राजन चित्रकारको अध्यक्षतामा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, भक्तपुर जिल्ला पुनर्गठन गरिएको छ । उपाध्यक्षमा गणेशमान दुवाल र भूवन श्रेष्ठ, सचिवमा रणशरण लाती तथा कोषाध्यक्षमा दिलिपनारायण श्रेष्ठ रहेका छन् । सदस्यमा बाबुकाजी मानन्धर, रुकेश सुजखु, विजयराम चण्डी, सत्य मानन्धर, कृणेश्वरी सिन्तकला, सुदेशना प्रजापति र सजन लघु छन् ।

आइकिडोमा शितकर निर्विरोध

नेपाल आइकिडो संघको दोश्रो साधारणसभाले शितकर राजभण्डारीलाई अध्यक्षमा निरन्तरता दिदै १४ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा सानु गुरुङ, उपाध्यक्षद्वयमा मणिकुमार सुनुवार र एविराज राई, महासचिवमा प्रमोदराज अधिकारी, उप महासचिवमा नहकुल राई, सचिवमा गंगा राई तथा कोषाध्यक्षमा चन्द्रबहादुर तामाङ रहेका छन् । केशवराज खनाल, गृमान पुन, उमा श्रेष्ठ, उत्तमकुमार सुनुवार, […]

मृत्युञ्जय र वैदेहीलाई उपाधि

मृत्युञ्जय बदोला र वैदेही चौधरीले नेपाल आईटीएफ जुनियर यु–१८ (ग्रेड– ५) सर्किट १ टेनिस च्याम्पियनसिपमा शनिबार च्याम्पियन बनेका छन् । भारतकाद्वय सिंगल्सतर्फ क्रमशः पुरुष र महिलामा पहिलो भएका हुन् । अखिल नेपाल लनटेनिस संघको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मृत्युञ्जयले आफ्नै राष्ट्रका कविर मनरायलाई ६–४ र ७–५ ले पराजित गरे । महिला सिंगल्समा भने वैदेहीकी प्रतिद्वन्द्वी […]

आर्मी क्लब र सशस्त्रलाई आमन्त्रण कप उपाधी

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पुरुष तर्फ र सशस्त्र प्रहरीको एपिएफ महिला तर्फ पोखरामा भएको सृजना अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधी हात पार्न सफल भएका छन् आर्मीले नेपाल प्रहरीलाई ३–१ ले पराजित गर्दै उपाधी कब्जा गरेको हो । आर्मीले पहिलो सेटमा पुलिसलाई २५–२१ ले पाखा लगाउन सफल भयो । तर दोश्रो सेटमा […]

प्रथम काठमाडौँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, फाइटको पदकमा नेपाली चेलीको बर्चस्व

प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिपको दोस्रो दिन भएको फाइटतर्फ नेपाली महिला खेलाडीले पदकमा बर्चस्व कायम गरेका छन् । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको महिलाको फाइटमा सिनियर र जुनियरतर्फ नेपाली खेलाडीले विदेशी खेलाडीको चुनौती सहजै समाप्त पारे । दोस्रो दिन महिलातर्फको फाइट भएको थियो । शुक्रबार भएको सिनियरतर्फ महिलाको ४६ केजीमुनि इन्डोनेसियाकी डिना मेर्सियाले स्वर्ण,नेपालकी […]

गुन्जन र अथर्वको जोडी पहिलो

भारतका गुन्जन जाधव र अथर्व शर्माको जोडीले नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ टेनिस च्याम्पियनसिपको पुरुष डबल्स उपाधि शुक्रबार जितेका छन् । अखिल नेपाल लनटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गुन्जन र अथर्वको जोडीले चीनका पेनग्यु र ग्वाङसेन वेनको जोडीलाई ६–४ र ७–६(२) को सेटमा पराजित गरे । चीनकी छुन्झी गुओ र थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेडको […]

पश्चिमाञ्चललाई तेश्रो स्थान

आयोजक पश्चिमाञ्चलले पोखरामा जारी सृजना अन्तर्राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला तथा पुरुष दुवै तर्फ तृतीय स्थान हात पार्न सफल भएको छ । सृजान समाज केन्द्रको प्रायोजनमा भएको प्रतियोगिता अन्तरगत पश्चिमाञ्चलको महिला टिमले पुलिस टिमलाई ३ – ० ले पराजित गर्न सफल भयो । पहिलो सेटमा पश्चिमाञ्चलले २५–२१ को जित निकाल्यो । दोश्रो […]

आर्मी र न्यू डायमण्ड फाइनलमा

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पुरुष पोखरामा जारी सृजना अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता २०७३ को फाईनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा भएको प्रतियोगिताको पुरुषको दोश्रो सेमिफाईनल खेलमा आर्मीले आयोजक पश्चिमाञ्चललाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । पहिलो सेटमा २५–२०ले जित हात पारेको आर्मीले दोश्रो सेटमा पश्चिमाञ्चललाई १६–२५ले खेल सुम्पियो […]

FederationsView All

समाचार / गतिबिधि View All