ब्याडमिन्टन टोली भारततर्फ

इन्डिया इन्टरनेसनल सिरिजमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली ब्याडमिन्टन टोली शनिबार भारतको हैदराबाद प्रस्थान गरेको छ । नोभेम्बर २२ देखि २७ तारिखसम्म हुने सिरिजमा पुरुषतर्फ दीपक बोहरा, नवीन श्रेष्ठ र विजित थापा तथा महिलामा नङ्शल तामाङ र जेशिका गुरुङले प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा नेपाल ब्याडमिन्टन संघका सदस्य राजु थापा छन् । सिरिजपछि खेलाडीले […]

शिक्षकका लागि ह्याण्डवल प्रशिक्षण सुरु

पोखरा ४ मंसिर । विद्यालय ह्याण्डवल संघ कास्कीको आयोजना तथा नेपाल ह्याण्डबल संघको सहयोगमा शनिवार देखि पोखरामा विद्यालयका शिक्षकका लागि ह्याण्डबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ । विद्यालयमा ह्याण्डबल खेलको विकास एवम प्रवद्र्धन गर्न ‘ह्याण्डबल एट स्कुल’ कार्यक्रम अन्तर्गत उक्त प्रशिक्षण सुरु गरिएको हो । कार्यक्रमलाई उदघाटन गर्दै कास्की जिल्ला शिक्षा अधिकारी शंकर बहादुर गौतमले […]

हाप्किडोको कार्यालय उद्घाटन

नेपाल मार्शल आर्टस् हाप्किडो संघको गल्फुटारमा कार्यालय उद्घाटन गरीएको छ । कोरिया तथा बिश्व मार्शल आर्टस् हाप्किडो महासंघका अध्यक्ष ली डाई ह्युनले शुक्रबार कार्यालयन उद्घाटन गरेका हुन् । उनलाई कार्यालयमा नेपाल हप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगर, महासचिव कुशल श्रेष्ठ लगायत पदाधिकारीले स्वागत गरेका थिए । कार्यालयको उद्घाटनपछि अध्यक्ष ह्युनले मगरको नेतृत्वमा रहेको संघ नेपालमा […]

गोर्खा क्रु र मल्पीलाई उपाधि

द गोर्खा क्रु बेसबल क्लब र मल्पी इन्टरनेसनल स्कुलले राष्ट्रिय जुनियर यु–१५ बेसबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । गोर्खा पुरुष र मल्पी महिलातर्फ च्याम्पियन बने । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा गोर्खाले भक्तपुर राइजिङ स्टारलाई १–० ले पराजित ग¥यो । नेपाल बेसबल तथा सफ्टबल संघद्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा मल्पीले बुढानीलकण्ठलाई १५–४ ले […]

एकलमा नेपाली खेलाडीको हार

जापानमा भइरहेको एसियाली सफ्टटेनिस च्याम्पियनसीपमा नेपाली खेलाडीको पहिलो दिन राम्रो हुन सकेन । नेपालकी चन्द«माया राइ पहिलो चरणबाट अघि बढ्न नसक्दा एलीजा रञ्जित र मेघा श्रेष्ठ पनि दोश्रो चरणमा हारे । पहिलो चरणमा राइ फीलीपीन्सकी चाटीङ डिग प्रीन्सेस लोरेनसंग ०–४ ले हारिन् । भियतनामकी खेलाडी माथि जित हात पारेकी मेघा दोश्रो चरणमा चाइनीज ताइपेइकी शिर्ष […]

स्पोर्ट्स न्युट्रिसन सेमिनार

काठमाडौं, मंसिर २ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को आयोजनामा स्पोर्ट्स न्युट्रिसन सेमिनार बिहीबार सम्पन्न भएको छ । सेमिनारमा विभिन्न खेलका प्रमुख प्रशिक्षक तथा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न खेलका प्रशिक्षक गरी ५२ जना सहभागी थिए । सहभागीलाई पोषण विद् केपी लम्सालले प्रशिक्षकले विशेष गरी खेलाडीको खानपानमा ध्यान […]

राष्ट्रिय जुनियर बेसबल सुरु, गोर्खाक्य्रु, मल्पी, भक्तपुर राईजिङ्ग र बुढानिलकण्ठ अन्तिम चारमा

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा राष्ट्रिय जुनियर (यु–१५) बेसबल प्रतियोगिता बिहिबार दशरथ रङ्गशालामा सुरु भएको छ । नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा भएको प्रतियोगितामा गोर्खाक्य्रु, मल्पी, भक्तपुर राईजिङ्ग र बुढानिलकण्ठ छात्र तर्फ आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । नकआउटको आधारमा खेलाईएको प्रतियोगितामा गोर्खाले ज्ञानोदयलाई ७–१ रनले पराजित […]

हिरोज तेक्वान्दो पदक विजेता सम्मानित

काठमाडौं, मंसिर १ गते । दोश्रो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्न सफल नेपाली खेलाडीलाई नेपाल तेक्वान्दो एकेडेमी (एनटीए) ले बुधबार नगदसहित सम्मान गरेको छ । थाइल्यान्डको बैंककमा अक्टोबर २२ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा नेपालले विभिन्न स्पर्धामा ४ स्वर्ण र उत्तिनै रजत जितेको थियो । विवेक श्रेष्ठ र पुष्पप्रसाद गौतमले समान १ स्वर्ण र […]

सान फुटबल टोली कोरिया प्रस्थान

मैत्रीपूण फुटबलमा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को यु–१६ पुरुष फुटबल टिम बुधबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ । कोरिया युथ फुटबल स्किल फाउन्डेसनको निमन्त्रणमा युवा शैक्षिक कार्यक्रममा सहभागी प्रशिक्षार्थी खेलाडी फाउन्डेसनकै दुई टिमसंग मैत्रीपूर्ण फुटबल खेल्न त्यसतर्फ प्रस्थान गरेको हो । टोली १३ खेलाडीसहित १७ सदस्यीय […]

नेपालका तेक्वान्दो खेलाडीको खेल स्तर विकासका लागि तेक्वान्दो नेपाल संघले अन्तर्राष्ट्रिय नेप्लीज तेक्वान्दो संघसँग सहकार्य गर्ने भएको छ । अमेरिकाको सिअटल शहरस्थीत दुई संघबिच भएको बैठकबाट नेपालमा तेक्वान्दो खेल विकासका लागि अन्तर्राष्ट्रिय नेप्लीज तेक्वान्दो संघले सहयोग गर्ने भएको छ । अमेरिकास्थित रहेको अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो संघले आफुहरुले नेपाली खेलाडीहरुको अन्र्तराष्टिय एक्सपोजर र तालिम लगायतमा पनि […]

FederationsView All

समाचार / गतिबिधि View All