तेक्वान्दो खेलाडी छनोट

पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको मध्यमाञ्चल क्षेत्रीय छनोटका लागि काभ्रेबाट ७ पुरुष र ४ महिला गरी जम्मा ११ तेक्वान्दो खेलाडी छनोट भएका छन् । पुरुषको ५४ केजीमा कपिल थापा, ५८ केजीमा विशेष थापा, ६३ केजीमा श्यामचन्द्र खत्री, ६८ केजीमा विनय चौधरी, ७४ केजीमा अनुभव थापा, ८० केजीमा राजेन्द्र खत्री र ८७ केजीमा सुनील श्रेष्ठ छनोट […]

याम र दिलमायालाई दोहोरो स्वर्ण

काठमाडौं, असोज ६ गते । जाजरकोटका यामसाजन सुनार र सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी दिलमाया कार्कीले चौथो गोल्डेन स्प्रिन्ट मिटमा बिहीबार दोहोरो स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगतामा यामले पुरुष १ सय र २ सय मिटर दौडमा स्वर्ण जिते । १ सय मिटर दूरी यामले १०.५ सेकेन्डमा पूरा गरे । भारतका सिद्धान्त […]

खोखो खेलाडी छनोट

पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको मध्यमाञ्चल क्षेत्रीय छनोटका लागि काठमाडौंबाट खोखो टोलीको छनोट गरिएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको छनोट प्रतियोगिताबाट समान १२–१२ पुरुष÷महिला गरी जम्मा २४ खेलाडी छनोट गरिएको आयोजक समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् । पुरुषमा विकीराज महर्जन, पवन महर्जन, ईश्वर मोक्तान, विष्णु भुसाल, रोहन कपाली, अनिश […]

एथलेटिक्स टोली लखनउ जाने

५६ औं अल इन्डिया खुला एथलेटिक्स प्रतियोगितामा भाग लिन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार भारतको लखनउ प्रस्थान गर्दैछ । सेप्टेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगताको १ सय र २ सय मिटरमा यामसाजन सुनार, २ सय र ४ सय मिटरमा आशिष चौधरी, ४ सय र ८ सय मिटरमा सोमबहादुर कुमाल तथा ४ […]

राष्ट्रपतिद्वारा पारा साइकल यात्रीको बिदाइ

साइकल यात्रामार्फत विश्वको विभिन्न ५० राष्ट्र पुगिसकेका पारा साइकल यात्री कालिकाप्रसाद भण्डारीको अर्को यात्राका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक कार्यक्रमबीच बिदाइ गरिन् । महाराजगन्जस्थित शितल निवासमा राष्ट्रपति भण्डारीले कालिकालाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरिन् । कालिाका पुनः आफ्नो साइकल यात्रा अमेरिकाको टेक्सास्बाट सुरु गर्दैछन् । त्यसका लागि उनी दशैंको टीकाको दिन […]

राष्ट्रिय भलिबल खेलाडी सञ्जय र मञ्जु सम्मानित

काठमाडौं, असोज ५ गते । सञ्जय स्मृती प्रतिष्ठानले राष्ट्रिय भलिबल खेलाडीद्धय सञ्जय अर्याल र मञ्जु गुरुङलाई बुधबार सम्मान गरेको छ । प्रतिष्ठानको तर्फबाट नयाँ शंक्ति नेपाल पार्टीको संयोजक एवम पुर्व प्रधानमन्त्री डा. बाबुराम भंटराईले सम्मान गरे । दुवैलाई दोसल्ला, सम्मान पत्र र जनही २५ हजार नगद प्रदान गरियो । सञ्जय र मञ्जु राष्ट्रिय भलिबल टोलीको […]

सोमले जिते राष्ट्रिय क्यायाक म्याराथन

तनहुंका सोमबहादुर मगर प्रथम राष्ट्रिय क्यायाक (के – १) म्याराथन प्रतियोगितामा प्रथम स्थान हात पार्न सफल भएका छन् । नेपाल ¥याफ्टिङ्ग एन्ड क्यानोईङ्ग संघको सहयोग तथा नवलपरासी ¥याफ्टिङ्ग एन्ड क्यानोईङ्ग जिल्ला संघको आयोजनामा नारायणी नदीमा भएको प्रथम क्यायाक म्याराथनमा मगरले १६ कि.मि.को दुरी १ घन्टा ३ मिनट २६ सेकेन्डमा पुरा गरेका थिए । दोश्रो भएका […]

ओलम्पियन हमालको आत्मकथा ओलम्पियनको विमोचन

भारोत्तोलनका सफल खेलाडी एवं राजनीतिज्ञ सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ को आज काठमाण्डौस्थित राष्टिय खेलकुद् परिषद्को ओलम्पियन सेमी कभर्डहलमा विमोचन गरिएको छ । ओलम्पियन जगदीश प्रधान, पुष्पराज ओझा, संगिना बैद्य, अनिता श्रेष्ठ र लेखक स्वयम्ले आत्मकथाको विमोचन गरेका छन् । क्रियटिभ बुक्सले प्रकाशन गरेको ‘ओलम्पियनः सुरेन्द्र हमाल’ को सहलेखन टीएस ठकुरीले गरेका हुन् भने सम्पादन पत्रकार […]

सञ्जय र राकेश भारत जाँदै

भारतको नयाँ दिल्लीमा तेश्रो दक्षिण एसियाली कराते प्रतियोगिताका दौरान हुने अन्तर्राष्ट्रिय निर्णायक तथा कोच परीक्षामा सहभागी हुन निर्णायक सञ्जय रन्जित र कोच राकेश श्रेष्ठ बुधबार त्यसतर्फ प्रस्थान गर्दैछन् । उनीहरुलाई पूर्व उपप्रधानमन्त्री एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । कार्यक्रम सेप्टेम्बर २२ देखि २५ तारिखसम्म हुनेछ ।

मुवाँथाइ हुने

नेपाल राष्ट्रिय मुवाथाई संघ र के ब्याग स्पोर्ट्स प्रा.लि. को संयुक्त आयोजनामा प्रथम के ब्याग मुवाथाई च्याम्पियनसिप असोज १४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ५० खेलाडीले विभिन्न ४ तौलसमूहमा प्रतिस्पर्धा गर्ने के ब्यागका अध्यक्ष कमल बस्न्यातले जनाएका छन् । पुरुष ५५ केजीमुनि, ६० केजीमुनि र ६५ केजीमुनिमा शीर्ष तीन स्थान हासिल गर्ने क्रमशः १० […]

FederationsView All

समाचार / गतिबिधि View All