मोहनलाई स्वर्ण

काठमाडौं, भदौ २६ गते । सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसिपको कातामा मोहन बमले स्वर्ण जितेका छन् । अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहनले अस्टे«लियाकै एडमन्ड युनसंग मिलेर नागे नो कातामा स्वर्ण जितेका हुन् । मोहनले अन्तर्राष्ट्रिय जुडोमा नागे नो कातामा स्वर्ण जितेको यो दोश्रो पटक हो । भिक्टोरियाको सेन्सी जुडो एकेडेमीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा […]

ब्याडमिन्टन प्रशिक्षक सोलिडारिटी कोर्ष सुरु

एक जिल्ला एक ब्याडमिन्टन प्रशिक्षक भन्ने मुल नारालाई साक्षात्कार गर्न नेपाल ब्याडमिन्टन संघले ७ दिने ब्याडमिन्टन कोचिङ्ग सोलिडारिटी कोर्ष सुरु गरेको छ । राष्ट्रिय खेलकुद परिषदको सहयोग तथा चितवन जिल्ला ब्याडमिन्टन संघको ब्यवस्थापनमा संचालन भएको सोलिडारिटी कोर्षमा २९ जिल्लाका २ महिला सहित ३३ व्याडमिन्टन प्रशिक्षकको रुपमा कार्यरत रहन ईच्छुक व्यक्तिहरुले सहभागिता जनाईरहेको नेपाल ब्याडमिन्टन संघका […]

नवीन मिस्टर काठमाडौं

भालु भैरव जिम फिट्नेसका नवीन राणाले मिस्टर काठमाडौं शारीरिक सुगठन च्याम्पियनसिपको उपाधि शनिबार जितेका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताको ‘ओभरअल’ प्रतिस्पर्धामा नवीनले ५५ केजीमा पहिलो भएका फिट्नेस फस्टका अमिर थापा, ६० केजीमा पहिलो भएका न्यु फ्लेक्स एन्ड फिटनेसका रमेश कार्की, ६५ केजीमा पहिलो भएका वेल्नेस अर्गनिक क्लबका श्रृजेशभक्त श्रेष्ठ, ७० केजीमा पहिलो भएका […]

हाप्कीडो सेमिनार

नेपाल हाप्कीडो संघको आयोजनामा दोश्रो हाप्कीडो टेक्निकल सेमिनार शनिबार सम्पन्न भएको छ । सेमिनारमा विभिन्न ५ जिल्लाका ६० जनाको सहभागिता रहेको आयोजक संघका महासचिव मनोजकुमार महर्जनले जनाएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको एकदिने सेमिनारको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे ।

डार्टमा रिजाल निर्विरोध

नेपाल डार्ट संघको साधारणसभाले चन्द्रप्रसाद रिजालको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा महेश्वर दाहाल र कर्मा गुरुङ, महासचिवमा सुदर्शन जमकट्टेल, सचिवमा सिर्जना परियार तथा कोषाध्यक्षमा पप्पु विष्ट रहेका छन् । सुरेश केसी, महेशकुमार श्रेष्ठ, प्रकाशकुमार श्रेष्ठ, निर्मल गौतम तथा रजनी कक्षपति सदस्यमा चयन भए । साधारणसभाको नेपाल ओलम्पिक कमिटी […]

मनीतालाई कांस्य

भारतको कोचीमा भएको १० औं एसियाली क्याडेट जुडो च्याम्पियनसिपमा नेपालकी मनीता श्रेष्ठ प्रधानले शुक्रबार कांस्य पदक जितेकी छन् । मनीताले किर्गिस्तानकी काडीरोभा जिरेगुललाई वाजारीमा पराजित गर्दै कांस्य जितेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । शनिबारदेखि १७ औं एसियाली जुनियर जुडो च्याम्पियनसिप सुरु हुँदैछ ।

क्योकुसिन बुदोकाइमा लोहनी

नेपाल क्योकुसिन बुदोकाइ कराते संघको विशेष साधारणसभाले कपिलप्रसाद लोहनीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा दिनेशकुमार कार्की र राज श्रेष्ठ, महासचिवमा राजेन्द्र सुवेदी, सचिवमा रुद्र ढुंगेल तथा कोषाध्यक्षमा धनबहादुर तामाङ रहेका छन् । लक्ष्मण कुँवर, अज्गर खाँ, मिनबहादुर गुरुङ, डेनिल डंगोल तथा कृष्णराज गिरी सदस्यमा चयन भए । दीपकबहादुर […]

इरा र अर्नभ पहिलो

काठमाडौं, भदौ २४ गते । नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट १ को उपाधि शुक्रबार जितेका छन् । केशा ग्रुपको मुख्य प्रायोजन तथा एसियाली टेनिस महासंघको सहयोगमा अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्स फाइनलमा इराले भारतकी सम्भावी तिवारीलाई ६–४ र ६–२ को […]

शिरिष गुरुङ्ग सम्मानित

पौडी खेलाडी शिरिष गुरुङ्ग नगद ८० हजार सहित शुक्रबार सम्मानित भएका छन् । नेपाल पौडी संघद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले गुरुङ्गलाई नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान गरे । हालै ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न ३१ औं रियो ओलम्पिकमा गुरुङ्गले १०० मिटर फ्रि स्टायलमा ५७.७६ सेकेन्ड समयका […]

हक्कीमा पुनः श्रेष्ठ

नेपाल हक्की संघको साधारणसभाले उमेशलाल श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति बिहीबार निर्विरोध चयन गरेको छ । अनिलप्रसाद शर्मा र मनीष झाले उपाध्यक्ष, सुनीलप्रसाद प्रधानले महासचिव, रञ्जन थापाले सचिव तथा अमरिष प्रधानले कोषाध्यक्षको जिम्मेवारी पाए । दीपक प्रधान, विजयबहादुर स्वार, नवीन रिजाल, रामेश्वरप्रसाद घिमिरे, भगवतीकुमारी खड्का, विजयन्त शर्मा, शम्भुप्रसाद रिजाल, बाबुराम साहु, पदम […]

FederationsView All

समाचार / गतिबिधि View All