खेलाडीलाई कावासाकीको प्रायोजन

योनेक्स युएस ओपन ग्रापी ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीका खेलाडीहरुलाई कावासाकीले १ लाख २० हजार बराबरको खेल सामाग्री प्रायोजन गरेको छ । नेपालस्थित कावासाकीका आधिकारीक विक्रेता एक्सिस ईन्टरनेशनलले खेलाडीहरु नङ्गसल तामाङ, रत्नजित तामाङ र विकास श्रेष्ठलाई ब्याडमिन्टन ¥याकेट, जुत्ता, मोजा, टिसर्ट, ब्याग लगायत जनही ४० हजार बरावरकोे खेल सामग्री सहयोग गरेको हो । […]

पश्चिमाञ्चमा शारीरिक सुगठन प्रतियोगिता हुने

कास्की जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघले पोखरामा पश्चिमाञ्चल क्षेत्रिय स्तरिय खुल्ला शारिरिक सुगठन प्रतियोगिता २०७३ (तेश्रो मिस्टर माछापुच्छ«े) आयोजना गर्ने भएको छ । संघका अध्यक्ष शंकरमान उदासका अनुसार प्रतियोगिता आगामी भदौ १७ र १८ गते हुनेछ । खेलको माध्यमबाट स्वस्थ र अनुशासित जनशक्ति उत्पादन गर्ने तथा शारिरिक सुगठन खेललाई थप प्रचार प्रसार गर्ने मुल […]

लैनचौर टिम च्याम्पियन

लैनचौर डोजोले ११ औं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ लैनचौर टिम च्याम्पियन बन्यो । नेपाल सितोरियो कराते डो संघ, घन्टाघर शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै केन्द्रीय डोजो उपविजेतामा सीमित भयो । तेश्रो भएको आयोजक घन्टाघरले ४ स्वर्ण, ३ […]

मनमैजु डोजो पहिलो

मनमैजु डोजो प्रथम वादो किड्स कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । मनमैजुले ९ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । अल नेपाल वादोकाइ कराते डोद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनमैजुका साहिल घले र महिलामा मनकामनाकी सुस्मिता श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । बुङमती डोजोले अनुशासित टिमको उपाधि हात पा¥यो भने मार्चपास्टमा त्रिलोक एकेडेमी उत्कृष्ट ठहरियो […]

पेन्टाथलनमा आदर्शलाई कास्य

मित्र राष्ट्र ईटालीको रोम शहरमा आयोजित चौथौ युलाईस ट्रफी मोर्डन पेन्टाथलनमा आदर्श कार्कीले कास्य पदक प्राप्त गरेका छन् । शनिबार भएको प्रतियोगितामा जुनियरतर्फको ई क्याटागोरीमा हिम्स स्कुलमा कक्षा ५ मा अध्ययनरत आदर्शले कास्य पदक प्राप्त गरेको प्रशिक्षक शंकर कार्कीले रोमबाट जानकारी गराएका छन् । नेपाल सहित नौ युरोपियन देशहरुका करिव ३०० खेलाडीहरुको सहभागिता रहेको मोर्डन […]

सत्र वर्षपछि एनआईएस तालिममा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका स्वयंसेवक प्रशिक्षक र खेलाडीलाई भारतको पञ्जाबमा रहेको पटियालास्थित नेसनल इन्स्टिच्युट अफ स्पोर्ट्स (एनआईसी) मा उच्च तालिमका लागि पठाएको छ । त्यसका लागि २५ सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दै छन् । राखेप सदस्य–सचिव केशवकुमार विष्ट र सदस्य शैलेश कर्माचार्यले उनीहरुलाई शनिबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिदाइ गरे । […]

कास्की टिम च्याम्पियन

कास्की जिल्लाले अल नेपाल क्योकुसिन बुदो काई कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । कास्कीले ५ स्वर्ण, ४ रजत र ११ कांस्य जित्यो । नेपाल क्योकुसिन बुदो काई कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रोचक सेट्ठी तथा महिलामा पवित्रा चौधरी उत्कृष्ट खेलाडी चुनिए । पुरुषको ३० केजीमा इन्द्रबहादुर थापा, ४० केजीमा राजुकुमार यादव, ५० केजीमा रितिक […]

राखेप र निप्पोनबीच सम्झौता

काठमाडौं, असार ९ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र जापानको टोकियोस्थित विश्वको उत्कृष्ट श्रेणीहरुमा पर्ने निप्पोन स्पोर्ट सायन्स युनिभर्सिटीबीच खेलकुदमा सहयोग आदान–प्रदान गर्ने विविध पक्षमा सम्झौता भएको छ । सो कार्यका लागि जापान गएका राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र युनिभर्सिटीका अध्यक्ष रियोसो तानीगामा ९च्थयकजय त्बलष्नबmब० बीच सम्झौता पत्रमा हस्ताक्षर भयो । १२५ वर्ष पुरानो […]

फुपु र जितले रियो ओलम्पिक खेल्ने

जुडो खेलाडी फुपुल्हामु खत्रीले ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागिता पक्का गरेकी छन् । अगष्ट ५ देखि २१ तारिखसम्म हुने रियो ओलम्पिकमा वाइल्ड कार्ड मार्फत फुपुको सहभागिता पक्का भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । १२ औं सागकी स्वर्णधारी फुपु हाल हंगेरीको बुढापेस्टमा ओलम्पिक छात्रवृत्ति अन्तर्गत विशेष प्रशिक्षणमा […]

आर्मी विजयी

ओलम्पिक डेका अवसरमा आयोजित पुरुष बेसबल प्रतियोगितामा आर्मी बिहीबार विजयी भएको छ । पुल्चोकमा भएको खेलमा आर्मीले एपीएफ क्लबलाई १–० ले पराजित ग¥यो । स्पोर्ट्स फर अल कमिसन र नेपाल बेसबल तथा सफ्टबल संघद्वारा आयोजित प्रतियोगिताको महिला सफ्टबलमा भने एपीएफले आर्मीलाई ९–१ ले हरायो । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका […]

FederationsView All

समाचार / गतिबिधि View All