एनएनएमजीसीमा कार्की

नेपाल नेसनल मार्सल आर्ट गेम्स कोन्फिडेरेसन (एनएनएमजीसी) को अध्यक्षमा प्रवीण कुमार कार्की निर्विरोध चयन भएका छन् । कोन्फिडेरेसनको दोश्रो साधारण सभाले कार्कीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्य समिति समेत सर्वसम्मत चयन ग¥यो । उपाध्यक्षमा अन्जन धमला, कल्पदीप राई र दीपक श्रेष्ठ, महासचिवमा दिनेश शर्मा, सचिवमा सन्जु महर्जन र विजय श्रेष्ठ तथा कोषाध्यक्षमा मनोज खड्का रहेकाछन् […]

मोर्गन कप राष्ट्रिय बास्केटबल शुक्रबार देखि

नेपाल बास्केटबल संघको आयोजनामा १२ औं महिला तथा १३ औं पुरुष मोर्गन कप राष्ट्रिय खुला बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १२ र महिलामा ८ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष लामा टेन्डी शेर्पाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल र प्रतियोगिताको मुख्य प्रायोजक बसुन्धारास्थित […]

ज्ञान र सुरेन्द्रको जोडीपहिलो

ओलम्पिक डेको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा ज्ञान विक्रम शाह र सुरेन्द्र बहादुर सिंहको जोडी बुधबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनलमा उक्त जोडीले सुवास श्रेष्ठ र नारायण शाक्यको जोडीलाई २१–१९, २०–२२ र २२–२० को सेटमा पराजित गरे । पुष्प ताम्रकार र हरि प्रसाद श्रेष्ठ तथा विष्णुलाल श्रेष्ठ र नरेश […]

साग कुस्ती पदक विजेता सम्मानित

भारतमा गत फेब्रुअरीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा पदक जितेका खेलाडीलाई बुधबार नगदसहित सम्मान गरिएको छ । कुस्तीमा नेपालले पुरुषतर्फ २ कांस्य पदक जितेको थियो । ६० केजी तौलसमूहमा रामबाबु यादव र ६५ केजीमा सरोज यादवले कांस्य जितेका थिए । राज मोहम्मद अन्सारी अध्यक्ष रहेको नेपाल कुस्ती संघ र स्पोर्ट्स फर […]

स्किको शुभकामना कार्यक्रम

विन्टर ओलम्पिकको प्रतिनिधित्व गर्ने नेपाल स्की संघ र स्पोर्ट्स फर अल कमिसनले ओलम्पिक डेको अवसरमा बुधबार शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना ग¥यो । सो अवसरमा स्की संघका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक डेलाई भब्य बनाउन यसपटक विगतको भन्दा व्यापक कार्यक्रम आयोजना गरिएको बताए । उनले ओलम्पिक डे खेलाडी र खेल पदाधिकारीका […]

आर्मीका सुरेन्द्रलाई स्वर्ण

नेपाल आर्मीका सुरेन्द्र श्रेष्ठले पाँचौ ग्रान्डप्रिक्स भारोत्तोलन प्रतियोगिताको पुरुष ७७ केजीको सिनियरतर्फ मंगलबार स्वर्ण जितेका छन् । उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा ११७ गरी कूल २०७ केजी वजन उचाले । सोही तौलसमूहको जुनियरमा कञ्चनपुरका विशाल विष्ट पहिलो भए । विशालले स्न्याचमा ७२ र क्लिन एन्ड जर्कमा ९८ गरी १७० केजी वजन उठाए । […]

रत्नजित र नङशल च्याम्पियन

नेपाल आर्मी क्लबका रत्नजित तामाङले पाँचौं पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको उापधि मंगलबार जितेका छन् । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रत्नजितले भोजपुरका विकास श्रेष्ठलाई २१–१७ र २१–१८ को सोझो सेटमा पराजित गर्दै लगातार चौथो पटक उपाधि जित्न सफल भए । पहिलो संस्करणको उपाधि भने विकासले जितेका […]

देवीद्वारा किर्तिमानमा सुधार

१२ औं सागकी कास्य पदकधारी नेपाल प्रहरीकी देवी चौधरीले पाँचौ ग्रान्डप्रिक्स भारोत्तोलन प्रतियोगिताको ५३ केजी तौल समूहको स्नाच तर्फ ५९ केजी भार बहन गर्दै सोमबार आफ्नै नाममा रहेको राष्ट्रिय किर्तिमानमा सुधार गरेकी छिन् । उनले २०७० सालमा विरगञ्जमा सम्पन्न शालिमार प्रथम खुला भारोत्तोलन च्याम्पियनसिपमा ५८ केजी भार बहन गर्दै आफ्नो नाममा किर्तिमान कायम गरेकी थिईन् […]

उपाधीका लागि रत्न र विकास भिड्ने

पाँचौ पुष्पलाल स्मृती ¥याङिकङ्ग राष्ट्रिय ब्याडमिन्टन पुरुष एकल उपाधीको लागि पूर्व विजेता त्रिभुवन आर्मीका रत्नजित तामाङ्ग र भोजपुरका विकास श्रेष्ठको भिडन्त हुने भएको छ । सोमबार भएको सेमिफाइनलमा रत्नले नेपाल प्रहरीका बिष्णु कटुवाललाई २१–९, २१–४ले र विकासले सेनाका दीपेश धामीलाई २१–१७ र २१–१६ले पराजित गरे । महिला तर्फको खेलमा सेनाकी नङ्गशल देवी तामाङ्गले सेनाकै अमिता […]

सेमिफाईनलमा रत्नले बिष्णुको सामना गर्ने

नेपाली सेनाका रत्नजित तामाङ्ग र दिपेश धामी, नेपाल प्रहरीका विष्णु कटुवाल तथा भोजपुरका विकास श्रेष्ठ पाँचौं पुष्पलाल स्मृती ¥याङिकङ्ग राष्ट्रिय ब्याडमिन्टनको पुरुष एकल तर्फ आईतबार अन्तिम चारमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिको पुरुष एकलको खेलमा नम्बर एक रत्नले एपिएफका जोसेफ अधिकारीलाई २१–१३, २१–७ ले पराजित गर्दै […]

FederationsView All

समाचार / गतिबिधि View All