स्थगित सान यु –१६ क्रिकेट कप भोलीबाट

बर्षातका कारण जेष्ठ ५ गते सम्म स्थगित गरिएको राष्ट्रिय खेलकुद परिषद खेलकुद बिज्ञान प्रतिष्ठानको आयोजनामा भएको कागेश्वरी मनोहरा यु –१६ टि २० सान क्रिकेट कप २०७५ आषाढ ६ गते बुधबारबाट हुने भएको छ । बर्षातका कारण मुलपानीस्थित क्रिकेट मैदानमा पानी जम्नुका साथै विकेटमा समेत प्रभाव परेका कारण आषाढ ५ गते सम्मका लागि प्रतियोगिता स्थगित गरिएको […]

सान यु –१६ क्रिकेट कप स्थगित

राष्ट्रिय खेलकुद परिषद खेलकुद बिज्ञान प्रतिष्ठानको आयोजनामा भएको कागेश्वरी मनोहरा यु –१६ टि २० सान क्रिकेट कप २०७५ आषाढ ६ गते सम्मका लागि स्थगित भएको छ । बर्षातका कारण मुलपानीस्थित क्रिकेट मैदानमा पानी जम्नुका साथै विकेटमा समेत प्रभाव परेका कारण आषाढ ६ गते सम्मका लागि प्रतियोगिता स्थगित गर्नु परेको आयोजक खेलकुद बिज्ञान प्रतिष्ठानले बिज्ञप्ती जारी […]

केसिटिसी ए र ओएसिस अन्तिम आठमा

केसिटिसी ए टिम सान निलोलाई पराजित गर्दै काजेश्वरी मनोहरा यु–१६ टि–२० सान क्रिकेट कपको क्वाटरफाईनलमा समूह क को विजेताको रुपमा प्रवेश गरेको छ । बिहिबार सम्पन्न प्रतियोगितामा आयोजक सानको निलो टिमलाई १९ रनले पराजित गरे संगै केसिटिसी समूह विजेता बनेको हो । दोश्रो टिमको रुपमा एन्जल्स क्रिकेट एकेडेमीले पनि अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल […]

ग्रेट हिमालयको तीन विकेटको जित

ग्रेट हिमालय क्रिकेट एकेडेमी केसिटिसी बीलाई तीन विकेटले पराजित गर्दै कागेश्वरी मनोहरा यु–१६ टि–२० सान क्रिकेट कपमा दुई अंक जोड्न सफल भएको छ । टस जितेर पहिलो ब्याटिङ्ग गरेको केसिटिसीले ८ विकेटको क्षतीमा ७६ रनमा सिमिति हुन पुग्यो । केसिटिसीका लागि गौरव कटुवालले १६ बलमा १९ रन जोडे । यस्तै अभियान बस्नेतले २४ बलमा १३ […]

एपीएफ क्लबलाई प्रधानमन्त्री कप क्रिकेट उपाधि

त्रिभूवन आर्मी क्लबलाई हराउँदै एपीएफ क्लबले एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको उपाधि सोमबार जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी आर्मीलाई ६ विकेटले हरायो । आर्मीले दिएको २१० रनको लक्ष्य पछ्याउने क्रममा अनिल शाह र प्रदिप ऐरीले समान ६३–६३ रनको योगदान दिए । ब्यक्तिगत १२ रन बनाउँदा […]

केसीटीसी र बालुवाटरको सफल सुरुआत

काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) ‘ए’ र बालुवाटार क्रिकेट एकेडेमीले कागेश्वरी मनोहरा यु–१६ टी–२० सान कप क्रिकेट प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा आयोजित प्रतियोगितामा केसीटीसीले एन्जल्स हर्टलाई ७ रन तथा बालुवाटारले पञ्च पोखरीलाई ७५ रनले पराजित गरे । मुलपानी क्रिकेट मैदानमा केसीटीसीले पहिले ब्याटिङ […]

राष्ट्रपति रनिङ सिल्ड सुरु

काठमाडौं, जेठ २३ गते । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दसौं केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले प्रतियोगिताको ब्यानर अनावरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा […]

तीन बिभागीय टोलीसहित प्रदेश ५ सेमिफाइनलमा

एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन बिभागीय टोलीहरु त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिससहित प्रदेश नम्बर ५ ले सेमिफाइनलमा स्थान बनाए । टियु क्रिकेटम मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा प्रदेश ५ लाई ७ विकेटले हराउँदै नेपाल […]

विशाललाई राखेपको स्वागत

चीन हेनानमा भएको प्याराग्लाइडिङको प्रि विश्व कपका कांस्य विजेता विशाल थापालाई बुधबार एक कार्यक्रमबीच स्वागत गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल प्यारा ग्लाइडिङ तथा ह्याङ ग्लाइडिङका महासचिव शैलैन्द्र रावतलगायतका पदाधिकारीले विशाललाई स्वागत गर्नुका साथै बधाइ दिएका थिए ।

गौरिकाको पोल्टामा ८ स्वर्ण

ओलम्पियन गौरिका सिंहले २२ औं खुल्ला राष्टिय पौडी प्रतियोगितामा ८ स्वर्ण हात पार्न सफल भएकी छिन् । उनले महिला २०० मिटर फ्रिस्टायल, १०० मिटर बटरफ्लाई,१०० मिटर ब्याक, ५० मिटर फ्रि, २०० मिटर आईएम, १०० मिटर फ्रि, ५० मिटर बटरफ्लाई र ५० मिटर ब्याकस्टोकमा पदक हाता पार्न सफल भएकी हुन् । पहिलो पटक छोटो दूरी (सर्ट […]

FederationsView All

समाचार / गतिबिधि View All