तान डोरीमा भवानी

नेपाल तान डोरी संघको दोश्रो साधारण सभाले भावनीप्रसाद पौडेलको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा सूर्यबहादुर भट्टराई र सुभाषश्री पोखरेल, महासचिवमा केशवराज गौतम, सचिवमा अजय रानाभाट तथा कोषाध्यक्षमा शिवभक्त सैंजु रहेका छन् । सन्तोषकुमार पौडेल, जेशिका चेमजोङ, रञ्जु सिग्देल, डिलाराम अर्याल, शैलज नेपाल, भोजराज दाहाल, खड्गबहादुर बोहरा, दीपकराज चालिसे, […]

विनेश र करणलाई स्वर्ण

विनेश खनिया र करण राईको जोडीले १३ औं युआईटीएफ अन्तर्राष्ट्रिय स्पोर्ट्स फिएस्टाअन्तर्गत टेबलटेनिसको पुरुष डबल्समा स्वर्ण जितेका छन् ।

खेलकुद मन्त्रीद्वारा पूर्वाधारको निरीक्षण

काठमाडौं, साउन १७ गते । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण र मर्मत भइरहेका भौतिक पूर्वाधारको बिहीबार निरीक्षण गरेका छन् । खेलकुद मन्त्री विश्वकर्माले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित कराते हल, पौडी पोखरी, कन्फ्रेन्स हल, सुटिङ रेन्ज र च्यासलस्थित एन्फा टेक्निकल […]

‘झोले खेलकूद संघ खारेज गर्दैछु ’: सदस्य सचिव विष्ट

राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेलकूद संघको नाउँमा विदेश जाने उद्धेश्यले खोलेका, सम्पर्क कार्यालय नभएका र काम नगर्ने झोले खेलकूद संघलाई क्रमशः खारेज गरिँदै लगिएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने बताएका छन् । सम्वन्धित खेलको विकास गर्दै खेलाडी उत्पादन गर्ने उद्धेश्य राखी सञ्चालन गर्नुपर्ने खेलकूद संघ नाम मात्रैको संस्था खोलेर काम नगरेकै […]

खेलकुदलाई आर्थिक समृद्धी संग जोड्नु पर्छ– खेलकुद मन्त्रि विश्वकर्मा

खेलकुदलाई मनोरंजनको साधन मात्र नबनाई आर्थिक समृद्धी र सार्मथ्यको पाटोमा समेत जोड्नु पर्ने कुरामा युवा तथा खेलकुद मन्त्रि जगतबहादुर सुनार ९विश्वकर्मा०ले जोड दिएका छन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४० औं स्मृती दिवशका अबसरमा पोखरामा आयोजित प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गर्दै मन्त्रि विश्वकर्माले बर्तमान समयमा खेलकुदमा धेरै समस्या र चुनौती देखिएपनि खेलकुदको […]

वैदेशिक प्रशिक्षणलाई उसु टोली चीन प्रस्थान

काठमाडौं, साउन ११ गते । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदअन्तर्गत उसुमा सहभागी हुने नेपाली टोली वैदेशिक प्रशिक्षणका लागि शुक्रबार चीन प्रस्थान गरेको छ । ९ खेलाडी र २ प्रशिक्षकसहित ११ सदस्यीय टोली चीनको ग्वान्सी प्रस्थान ग¥यो । पुरुषतर्फ चित्रसिंह ठकुरीले ७० केजी, मंगलप्रसाद थारुले ६० केजी, पदमबहादुर ठकुल्लाले ५६ केजी, विजय सिन्जालीले छान् छ्वान […]

तुलसीपुर पहिलो स्पोर्ट्स सिटी

काठमाडौं, साउन १० गते । दाङको तुलसीपुरलाई नेपालकै पहिलो स्पोर्ट्स सिटी घोषणा गरिएको छ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा०, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव केशवकुमार विष्ट, स्थानिय खेलकुदका पदाधिकारीलगायतको उपस्थितिमा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डले एक कार्यक्रमबीच तुलसीपुरलाई नेपालको पहिलो स्पोर्ट्स सिटी घोषणा गरे । राखेपले […]

आइस हक्की अध्यक्षमा पाठक

नेपाल आइस हक्की संघको विशेष साधारण सभाले संघका कार्यवाहक अध्यक्ष भुवन पाठकलाई बुधबार सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । संघमा रिक्त रहेको अध्यक्ष पदको पदपूर्ति गर्न डाँकिएको विशेष सधारणसभाले पाठकलाई अध्यक्षमा चयन गरेको हो । साधारण सभामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र विभिन्न १४ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको आइस हक्की संघले जनाएको छ । राष्ट्रिय खेलकुद […]

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक

काठमाडौं, साउन ५ गते । नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रीत रहि दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा शनिबार बसेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षता बैठक बसेको हो । बैठकमा भुटान बाहेक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलंका गरी ६ राष्ट्र […]

दशरथ रंगशालाको निरीक्षण

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन काठमाडौं आएका विभिन्न राष्ट्रका प्रतिनिधिहरुले शनिबारै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको दशरथ रंगशालासहित विभिन्न खेल पूर्वाधारको निरीक्षण समेत गरेका छन् । नेपाल ओलम्पिक कमिटी एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठसहितको प्रतिनिधि टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले स्वागत गरेका थिए । प्रतिनिधि टोलीले दशरथ रंगशालाको मर्मत कार्यको प्रगति […]

FederationsView All

समाचार / गतिबिधि View All