प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र प्रदेश ७ को विजयी सुरुवात

प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा बिभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लव र प्रदेश नम्बर ७ ले विजयी सुरुआत गरेका छन् । एपीएफले प्रदेश ४ लाई ५ विकेटले हराउँदा प्रदेश ७ ले कर्णाली प्रदेशलाई ४८ रनले हरायो । राष्ट्रिय टोलीका युवा स्टार रोहित पौडेलले मध्यक्रममा शानदार इनिङ खेलेपछि प्रदेश ४ पोखराले दिएको २४० […]

स्माइल र सुमिना उत्कृष्ट खेलाडी

  छैटौं राष्ट्रिय जित कुण्डो प्रतियोगिताको पुरुषमा स्माइल लामा र महिलामा सुमिना दनुवार शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवै प्रदेश ३ का हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको एकदिने प्रतियोगितामा १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । त्यसमा प्रदेश ३ कै वर्चस्व रह्यो । प्रदेश ३ ले सर्वाधिक १० स्वर्ण जित्यो । […]

प्रधानमन्त्री कप क्रिकेटको तयारी पूरा

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा आइतबारदेखि सुरु हुन लागेको प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिताको व्यवस्थापनको जिम्मा पाएको नेपालयले तयार पूरा भएको जनाएको छ । प्रतियोगितामा पहिलो पटक सातै प्रदेशका टिमलाई सहभागि गराईएको छ । प्रदेश टिमसँगै ३ विभागीय टिमको पनि सहभागिता छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार […]

दक्षिण एसियाली मुँवाथाईको निर्देशकमा कक्षपति

काठमाडौं । नेपाल मुवाँथाई  संघका अध्यक्ष गणेशलाल कक्षपति दक्षिण एसियाली मुवाँथाई फेडरेसनको निर्देशक तथा संयोजकमा नियुक्त भएका छन् । विश्व मुवाँथाई फेडरेसनको ग्रीसमा सम्पन्न बैठकले कक्षपतिलाई सो जिम्मेवारी दिएको संघले जनाएको छ । विश्व मुँवा महासंघका अध्यक्ष सेजमेन सायसन र उपाध्यक्ष गाब्रिएल मार्गले कक्षपतिलाई जिम्मेवारी प्रदान गरेको हो । नयाँ जिम्मेवारी अनुसार उनले दक्षिण एसियाली […]

नेपाल टिम च्याम्पियन

नेपालले ११ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नेपाल ३९ स्वर्णसहित टिम च्याम्पियन बनेको हो । नेपाल सोतोकान कराते संघ (एनएसकेए) द्वारा आयोजित प्रतियोगितामा जेकेए भारत दोश्रो भयो भने ३ स्वर्णसाथ सोतोकान कराते डो संघ भारत तेश्रो भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा नेपालका प्रदीप […]

उपराष्ट्रपति चिल्ड्रेन गेम्समा प्रदेश ३ च्याम्पियन

काठमाडौं, जेठ ११ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्समा प्रदेश ३ समग्रमा टिम च्याम्पियन बनेको छ । एथलेटिक्स, कराते, तेक्वान्दो र उसु गरी ४ खेल समावेश प्रतियोगितामा प्रदेश ३ ले सर्वाधिक १४ स्वर्ण, ५ रजत र १० कांस्य जित्यो । प्रदेश ४ दोश्रो भयो । प्रदेश ४ ले ५ […]

आशिषलाई स्वर्ण

आईडियल मोडेलका आशिष खत्रीले १० औं काठमाडौं जिल्लाव्यापी अन्तरविद्यालय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको एथलेटिक्सतर्फ ब्वाइज १ सय मिटर दौडमा शुक्रबार स्वर्ण जितेका छन् । सेन्ट जेभियर्स गोदावरीका रोनिश आचार्य दोश्रो तथा श्रमिक शान्तिका दिवेश चौधरी तेश्रो भए । आयोजक ललितपुर जिल्ला खेलकुद विकास समितिका सचिव सुजन खतिवडाका अनुसार गल्र्स १ सय मिटर दौडमा आईडियलकी लुजला […]

पलेशालाई कांस्य

भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दोमा नेपालकी पलेशा गोवर्धनले कांस्य जितेकी छन् । पलेशाले के ४४ समूहको महिला ५८ केजीमाथि कांस्य जितेको नेपाल तेक्वान्दो संघका सचिव एवं प्रवक्ता दीपक विष्टले जनाएका छन् । पलेशाले टर्कीकी खेलाडीलाई ९–० ले पराजित गरिन् भने उज्वेकिस्तानकी खेलाडीसंग ४–२ ले हारिन् । अन्य सहभागी रामबहादुर अधिकारी, गोविन्द थापा र सीता […]

उपराष्ट्रपति चिल्ड्रेन गेम्स सुरु

काठमाडौं, जेठ १० गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्स बिहीबारदेखि सुरु भएको छ । केन्द्रीयस्तरको यो प्रतियोगितामा एथलेटिक्स, कराते, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा भइरहेको छ । छात्र÷छात्रातर्फ एथलेटिक्समा समान ५÷५, कराते र तेक्वान्दोमा समान ४÷४ तथा उसुमा समान ३÷३ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । शीर्ष तीन स्थान हात […]

उपराष्ट्रपति चिल्ड्रेन गेम्स भोलिदेखि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्स बिहीबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ । केन्द्रीयस्तरको यो प्रतियोगितामा एथलेटिक्स, कराते, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख एवं प्रतियोगिता व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माले जनाएका छन् । छात्र÷छात्रातर्फ एथलेटिक्समा समान ५÷५, कराते र तेक्वान्दोमा […]

FederationsView All

समाचार / गतिबिधि View All