नेपालले व्हीलचेयर क्रिकेट र बास्केटबलमा भाग लिने

नेपालले भारतमा हुने व्हीलचेयर क्रिकेट र बास्केटबलमा सहभागिता जनाउने भएको छ । त्यसका लागि नेपाली टोलीले शुक्रबारदेखि तयारी थालिसकेको छ । हाल १५ सदस्यीय खेलाडी टोली सिफलमा तयारी प्रशिक्षणमा व्यस्त छ । खेलाडीहरु हिमाल अर्याल, भरत कार्की, तिलकराम पोखरेल क्षेत्री, अकल तामाङ, डिगमसिंह चेम्जोङ, धनमान तामाङ, रामबहादुर तामाङ, साजन श्रेष्ठ, राजु गुरुङ, डम्बर मगर, दानबहादुर […]

वादोकाई करातेमा नेपाल टिम च्याम्पियन

चौधौ वादोकाई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । भारतको कोलकातामा नोभेम्बर १८ देखि २० तारिखसम्म भएको प्रतियोगितामा नेपाल १६ स्वर्ण र ६ रजतसहित टिम च्याम्पियन बन्न सफल भएको टिम व्यवस्थापकको भूमिका निर्वाह गरेका नेपाल वादोकाई कराते संघका महासचिव नारायणबहादुर मगरले जनाएका छन् । प्रतियोगितामा सनम लिम्बू र मिराज डंगोलले दोहोरो स्वर्ण जिते […]

कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं, मंसिर ५ गते । नेपालले सहभागिता जनाउदै आएको औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता र एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई प्रोत्साहन रकम, विमा, स्वास्थ्य र यातायातमा कसरी सुविधा उपलब्ध गराउन सकिन्छ भनी सुझाव संकलन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित खेलाडी सुविधा सुझाव कार्यदलले आइतबार प्रतिवेदन बुझाएको छ । […]

ललितपुरमा चेस हुने

शसंभु युवा क्लबको आयोजनामा ललितपुरको लामाटार क्लबको भवनमा   शसंभु युथ क्लब खुल्ला  रेटिङ चेस प्रतियोगिता हुने  भएको छ। मंसिर २४ देखि २८ गतेसम्म हुने प्रतियोगितामा बिजेता खेलाडीलाई कुल १,३०,००००/(एक लाख तिस हजार) नगद पुरस्कार प्रदान गरिनेछ। जस अनुसार विजेता प्रथमलाई ३५  हजार , दोस्रोलाई २५ हजार , तेस्रोलाई १२ हजार, चौथोलाई ८ हजार र पाँचौलाई ६ […]

रोलबल टोली थाइल्यान्ड जाने

तेश्रो एसियाली रोलबल च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । पुरुष खेलाडीहरुमा सजिव महर्जन (कप्तान), मनोज वज्राचार्य, आशय बिसी, अभिषेक मानन्धर, विशाल सापकोटा, ह्युमानसङ गुरुङ, मनीष रेग्मी र चन्द्रकुमार महर्जन रहेका छन् । महिलामा आकृति अधिकारी (कप्तान), सोनु तुलाचन, आश्मा रायमाझी, नम्रता गोतामे, मनीषा थापा […]

एसकेडियुएन हलको उद्घाटन

काठमाडौं, मंसिर ४ गते । नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन) को प्रशिक्षण हलको शनिबार उद्घाटन गरिएको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले हलको विधिवत् उद्घाटन गरे । बुढानीलकण्ठ नगरपालिका ३ स्थित महादेव खोलामा रहेको करिब १ रोपनी ८ आना जग्गा क्षेत्रफल भित्र हल निर्माण गरिएको हो । हल निर्माण गर्न ३६ लाख ४० हजार […]

सदस्य–सचिव विष्टलाई सातौं डान

विश्व मार्सल आर्ट हाप्किडो महासंघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टलाई शनिबार मानार्थ सातौं डान प्रदान गरेको छ । नेपाल मार्सल आर्ट हाप्किडो संघले कपनको जोसेफ स्कुलमा आयोजना गरेको प्रथम राष्ट्रिय हाप्किडो टेक्निकल सेमिनारको समापनका अवसरमा महासंघका अध्यक्ष ग्रान्ड मास्टर डि ह्युनले सदस्य–सचिव विष्टलाई मानार्थ डानको प्रमाण पत्र प्रदान गरे । सोही अवसरमा […]

ब्याडमिन्टन टोली भारततर्फ

इन्डिया इन्टरनेसनल सिरिजमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली ब्याडमिन्टन टोली शनिबार भारतको हैदराबाद प्रस्थान गरेको छ । नोभेम्बर २२ देखि २७ तारिखसम्म हुने सिरिजमा पुरुषतर्फ दीपक बोहरा, नवीन श्रेष्ठ र विजित थापा तथा महिलामा नङ्शल तामाङ र जेशिका गुरुङले प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा नेपाल ब्याडमिन्टन संघका सदस्य राजु थापा छन् । सिरिजपछि खेलाडीले […]

शिक्षकका लागि ह्याण्डवल प्रशिक्षण सुरु

पोखरा ४ मंसिर । विद्यालय ह्याण्डवल संघ कास्कीको आयोजना तथा नेपाल ह्याण्डबल संघको सहयोगमा शनिवार देखि पोखरामा विद्यालयका शिक्षकका लागि ह्याण्डबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ । विद्यालयमा ह्याण्डबल खेलको विकास एवम प्रवद्र्धन गर्न ‘ह्याण्डबल एट स्कुल’ कार्यक्रम अन्तर्गत उक्त प्रशिक्षण सुरु गरिएको हो । कार्यक्रमलाई उदघाटन गर्दै कास्की जिल्ला शिक्षा अधिकारी शंकर बहादुर गौतमले […]

हाप्किडोको कार्यालय उद्घाटन

नेपाल मार्शल आर्टस् हाप्किडो संघको गल्फुटारमा कार्यालय उद्घाटन गरीएको छ । कोरिया तथा बिश्व मार्शल आर्टस् हाप्किडो महासंघका अध्यक्ष ली डाई ह्युनले शुक्रबार कार्यालयन उद्घाटन गरेका हुन् । उनलाई कार्यालयमा नेपाल हप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगर, महासचिव कुशल श्रेष्ठ लगायत पदाधिकारीले स्वागत गरेका थिए । कार्यालयको उद्घाटनपछि अध्यक्ष ह्युनले मगरको नेतृत्वमा रहेको संघ नेपालमा […]

FederationsView All

समाचार / गतिबिधि View All