सातौं राष्ट्रिय खेलकुद मंसिर ८ देखि १५ सम्म

काठमाडौं, साउन २ गते । दुईपटक मिति घोषणा भएपनि बजेटको समस्या र मधेश आन्दोलनका कारण स्थगित भएको सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १०६ औं बोर्ड बैठकले राष्ट्रिय खेलकुदको नयाँ मिति ताकेको हो । राखेप अध्यक्ष युवा तथा खेलकुद मन्त्री सत्यनारायण […]

पौडी प्रतियोगिता मंगलबार

नेपाल पौडी संघको आयोजनामा २१ औं राष्ट्रिय खुला तथा अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगिता –२०७३ श्रावण ४ र ५ गते सातदोवाटोस्थित पौडी पोखरी, ललितपुरमा आयोजना हुने भएको छ । दुई दिने प्रतियोगितामा ३२ विद्यालयका २०० खेलाडीले ३४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै खुला तर्फ ७५ खेलाडीहरुले २६ र भेट्रान्स तर्फ ६ […]

तेक्वान्दो टोली कोरिया तर्फ

सोमबार २७ असार २०७३, काठमाण्डौ । राष्ट्रिय तेक्वान्दो संघ–नेपालले 10th World Taekwondo Culture Expo, Korea (14th July-19th July 2016) को लागि १२ सदस्य टोलीलाई संघका अध्यक्ष शिव कोइराला, महासचिव राज कुमार कार्की र संघका कोषाध्यक्ष पदम रानाले संघको केन्द्रीय कार्यालय सानो भ(याङ्गमा विदाई कार्यक्रम गरियो । उक्त प्रतियोगिताको नेतृत्व यस संघको चितवन जिल्ला अध्यक्ष तथा […]

सातौं र १२ औं सागको विषयमा अन्तक्रिया

काठमाडौं, असार ३१ गते । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औं दक्षिण एसियाली खेलकुदआयोजनाको सन्दर्भमा शुक्रबार राष्ट्रिय खेलकुद परिषद्ले अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुवाञ्चलमा गर्नका लागि सरकारले बजेटसमेत विनियोजित गरिसेकेको अवस्था रहेको छ भने १३ औं दक्षिण एसियाली खेलकुद नेपालले आयोजनाको जिम्मेवारी पाएको छ । यी दुवै प्रतियोगितालाई […]

अभिलाषा थाइल्यान्ड जाने

एटीएफ यु–१४ एसियन ¥याकिङ प्रतियोगिता सर्किट १÷२ मा सहभागी हुन लनटेनिस खेलाडी अभिलाषा विष्ट शनिबार थाइल्यान्डको बैंकक जाँदैछिन् । प्रतियोगिता जुलाई १८ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ । अभिलाषासंगै अखिल नेपाल लनटेनिस संघका सदस्य अजय विष्ट पनि बैंकक जाने छन् ।

शितल र राजुलाई स्वर्ण

पश्चिमाञ्चलका शितल रेग्मी र सुदूरपश्चिमाञ्चलका राजु राना मगरले चौथो राष्ट्रिय जितकुण्डो प्रतियोगिताको पहिलो दिन शुक्रबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा भएको पुरुष ३० केजीमुनि फाइनलमा शिलतले मध्यपश्चिमाञ्चलका गोविन्दश्रेष्ठलाई पराजित गरे । ३०.५ देखि ३५ केजीमा राजुले मध्यपश्चिमाञ्चलका अमृत तामाङलाई हराउदै शीर्ष स्थान हात पारे । नेपाल जितकुण्डो मार्सल आर्ट […]

नेटबल प्रशिक्षण सुरु

नेपाल नेटबल संघको आयोजनामा नेटबल प्रशिक्षक प्रशिक्षण शुक्रबारदेखि लगनखेलस्थित नेपाल आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु भएको छ । प्रशिक्षणमा २५ प्रशिक्षकसहित ४० जनाको सहभागिता रहेको आयोजक संघका महासचिव दीपक लामाले जनाएका छन् । पाँचदिने प्रशिक्षणको नेपालका लागि अस्ट्रेलियाका राजदूत ग्लेन हाइटले उद्घाटन गरे ।

पत्रकार सेमिनार सम्पन्न

राष्ट्रिय खेलकुद परिषद्, खेलकुद विज्ञान प्रतिष्ठानको आयोजनामा खेलकुद पत्रकारिता सेमिनार बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ । तीन दिने सेमिनारमा विभिन्न छापा तथा विद्युतिय सञ्चार माध्ययमका ३० पत्रकार सहभागी थिए । सहभागीहरुलाई नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकार आचार संहिता, गोपाल बस्नेतले उद्घोषण कला, खेलकुद विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. प्रकाश […]

केयूलाई प्रधानमन्त्री कप

काठमाडौं, असार २९ गते । काठमाडौं विश्वविद्यालय (केयू) ले प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदको उपाधि बुधबार जितेको छ । केयूले ४ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा पहिलो पटक आयोजित विश्वविद्यालय स्तरीय राष्ट्रिय खेलकुदको उपाधि जित्न सफल भयो । त्रिभूवन विश्वविद्यालय (टीयू) दोश्रो भयो । टीयूले ४ स्वर्ण, […]

संरक्षक र माहिकालाई आईटीएफको ग्रान्ट

नेपाली लनटेनिस खेलाडी संरक्षकभूषण वज्राचार्य र माहिका राणाले आईटीएफको ग्रान्ड स्ल्याम डेभलोप्मेन्ट फन्डबाट समान १–१ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । ट्राभल ग्रान्ट वापत प्राप्त उक्त रकम बराबरको चेक अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा र उपाध्यक्ष केशवराज पाण्डेले उनीहरुलाई मंगलबार हस्तान्तरण गरे । ट्राभल ग्रान्ट वापत दुवै खेलाडीले विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगिता […]

FederationsView All

समाचार / गतिबिधि View All