टंकलाई दोहोरो स्वर्ण

टंक बहादुर कार्की एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपमा दोहोरो स्वर्ण जित्न सफल भएका छन । प्रतियोगिताको अन्तिम दिन एकलतर्फ २ ओभर ७० अंक जोडी समग्रमा ३ ओभर २०७ का साथ शुक्र बहादुर राईलाई ५ स्ट्रोकले हराउदै दोस्रो स्वर्ण जितेका हुन । यसअघि उनले टिमतर्फ पनि स्वर्ण जितेका थिए ।

शुक्रले १ अण्डर ६७ को दिनकै उतकृष्ट सेकोरकार्डमा समग्रमा ८ ओभर २१२ का साथ रजत पदक जिते । उनको यो दोस्रो रजत हो । टिममा उनी सम्मिलित निर्भाना कन्ट्री क्लबले पनि रजत जितेको थियो ।

सुबाष घिसिङले ९ ओभर ७७ को खराब प्रदर्शनका बाबजुद समग्रमा १८ ओभर २२२ को नतिजामा कास्य पदक हात पारे । सुबाष भन्दा एक स्ट्रोकले पछि परेका बिपिन तामाङ २२३ अंकका साथ चौथो, २२५अंक जोडी सुन्दर राई पाँचौ २२६ अंक जोडी नवराज थापा छैटौ र २२७ को नतिजामा सुरेश तामाङ सातौ भए ।

अन्तिम दिन ८ स्ट्रोकको अग्रता सहित खेल सुरू गरेका टंकले २ ओभर ७० अंक जोडने क्रममा फ्रन्ट नाईन २ ओभर ३६ र ब्याक नाईन ईभन पार ३४ मा पुरा गरे । पहिलो नौ होलको खेलमा पाँचौ र नवौं होलमा बोगी प्रहार गरे । अन्तिम नौ होलमा ११औ र १८ औ होलको बर्डीका विरूद्ध १३ औ र १६ औ  होलमा बोगी प्रहार गरे ।

१ अण्डर ६७ अंक बनाएका शुक्रले चौथो होलमा एक सट बचाउदा सातौ होलमा बोगी खेपे र फ्रन्ट नाईन ईभन पार ३४ मा सकाए । यसपछि १३ औ र १७ औ होलमा बर्डीको सफलता प्राप्त गरे भने अन्तिम होलमा बोगीको सामना गरे ।

यसअघि विहिबार टंक बहादुर कार्की,सुबाष घिसिङ र सन्दीप तामाङ सम्मिलित मध्यमाञ्चलले स्वर्ण पदक जितेको थियो।२९४ अंक सहित  युवराज भुजेल,शुक्र बहादुर राई र सुन्दर राई सम्मिलित निर्भाना कन्ट्री क्लबले रजत तथा बिनोद तामाङ,भरत बास्ताकोटी र नवराज चौलागाईको रोयल नेपाल गल्फ क्लबले ३०४ अंक सहित कास्य पदक हात पारेका थिए ।

विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, कोषाध्यक्ष किशन अग्रवाल लगायतले पुरस्कार वितरण गरे । नेपाल गल्फ संघद्वारा आयोजित तीन दिने प्रतियोगितामा सात टिमका चालिस खेलाडीले प्रर्तिस्पर्धा गरेका थिए ।


समाचार / गतिबिधि View All

Upcoming Events View All