प्रेस विज्ञप्ति

काठमाडौं, माघ १६ गते ।
आदरणीय पत्रकार मित्रहरु,
हाम्रो निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा उपस्थित भइ दिनु भएकोमा हार्दिक स्वागत गर्दै धन्यवाद दिन चाहन्छु ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघलाई गरेको प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद्, आईसीसीका प्रतिनिधि, सल्लाहकार समूहसँग विभिन्न चरणमा छलफल हुँदै आएको यहाँहरुलाई विदितै छ ।
पछिल्लो पटक आइतबार र सोमबार पनि आईसीसीका कार्यवाहक अध्यक्ष इमरान ख्वाजा नेतृत्वको दुई सदस्यीय टोलीसँग छलफल भयो । सोही छलफलका विषय वस्तुलाई स्पष्ट पार्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले पत्रकार सम्मेलन आयोजना गरेको हो ।
आइसीसी टोलीले दुई दिन नेपाल बसाइका क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव, सल्लाहकार समूह र क्रिकेटका सरोकारवालासँग छलफल गरेको थियो । सबै पक्षसँगको छलफल नेपाली क्रिकेटमा देखिएको समस्या समाधान गरी प्रतिबन्ध फुकुवा गर्ने विषयमा केन्द्रित भएको थियो ।
छलफलका क्रममा नेपाली क्रिकेटमा देखिएको समस्या समाधानका लागि आईसीसीका प्रतिनिधि सकारात्मक रहेको पाइएको छ । नेपाली क्रिकेटका सबै सरोकावाला अब दइमान्दार हुने हो भने नेपालको क्रिकेट माथी लागेको प्रतिबन्ध फुकूवा हुनेमा विश्वस्त हुन सकिन्छ ।

केशवकुमार विष्ट
सदस्य सचिव
राष्ट्रिय खेलकुद परिषद्


समाचार / गतिबिधि View All

Upcoming Events View All