बर्दियामा कबड्डी एकेडेमी


काठमाडौं, माघ २३ गते ।
बर्दियामा नेपालकै पहिलो कबड्डी एकेडेमी बन्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले मंगलबार एकेडेमीको शिलान्यास गरे ।
राखेपले बर्दियाको बास्गढी– ४ स्थित मगर गाउँमा रहेको ८ विघा जग्गामा एकेडेमी बनाउन लागेको हो । एकेडेमी बनाउन करिब ५० करोड खर्च लाग्ने राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी गराए ।
प्रेस सल्लाहकार दाहालका अनुसार २ वर्षमा निर्माण सम्पन्न गर्न लक्ष्य रहेको छ । तत्कालका लागि आठौं राष्ट्रिय खेलकुदको कबड्डी त्यही गराउने गरी काम अगाडि बढाइने छ ।


समाचार / गतिबिधि View All

Upcoming Events View All