सापकोटोको बिदाइ


राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत अर्थिक प्रशासन शाखाका लेखा अधिकृत दशरथ सापकोटालाई आफू कार्यरत रहेको शाखाले बुधबार बिदाइ गरेको छ । उमेर हद (५८ वर्ष) का कारण अनिवार्य अवकाश पाएका सापकोटालाई गरिएको हो । सापकोटाले २९ वर्ष परिषद्मा सेवा गरे ।
उनलाई प्रशासन विभाग प्रमुख बासुदेव आचार्य, कानून शाखा प्रमुख नारायणराज अर्याल, आर्थिक प्रशासन शाखाका कर्मचारी टेकबहादुर अधिकारी, रिखिराम पोखरेल, ज्ञानु घिमिरे, कुमार बस्नेत, रमा कोइराला, डिल्ली काफ्ले, भण्डार शाखाका गोपी निरौलालगायतका कर्मचारी बिदाइ गरेका थिए ।


समाचार / गतिबिधि View All

Upcoming Events View All