कराते प्रशिक्षण हल बनाउन आर्थिक सहयोग


पोखरामा कराते खेलाडीका लागि सुविधा सम्पन्न प्रशिक्षण हल निर्माण गर्न अमेरिकाको क्यालीफोर्निया स्थित हिमालयन फाउन्डेशन करर्पोरेशनले ३० हजार अमेरिकी डलर सहयोग प्रदान गरेको छ ।
पोखरामा आयोजित एक कार्यक्रममा हिमालयन फाउन्डेशनका अध्यक्ष यज्ञलाल श्रेष्ठले उक्त रकम बराबरको चेक संघका अध्यक्ष शुष्मा गुरुङलाई हस्तान्तरण गरे । नेपालका पूर्व धावक र हाल अमेरिका बस्दै आएका श्रेष्ठले आफ्नो व्यवसायको केही रकम च्यारिटी मार्फत नेपालमा सहयोग स्वरुप प्रदान गर्दै आइरहेको बताए ।
कार्यक्रम सितेरियो सेइको काई कराते संघका संस्थापक अध्यक्ष फत्त बहादुर गुरुङले पोखराको चाउथेमा करिव ७ आना जग्गामा उक्त प्रशिक्षण हल निर्माण कार्य अघि बढाइएको बताए ।


समाचार / गतिबिधि View All

Upcoming Events View All