कराते टोली जर्मनी जाने


बर्लिन खुला कराते च्याम्पियनसिपमा सहभागी हुन ४ सदस्यीय नेपाली टोली बुधबार जर्मनीको बर्लिन प्रस्थान गर्ने भएको छ ।
फेब्रुअरी १६ र १७ तारिखमा हुने प्रतियोगिताको पुरुष एकल कातामा मन्डेकाजी श्रेष्ठ र ६७ केजीमा मुकुन्द्र महर्जनले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५० केजीमा अनु अधिकारी र ५५ केजीमा मल्लिका थापाले सहभागिता जनाउने छन् ।
टोलीलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले एक कार्यक्रमबीच मंगलबार बिदाइ गरे । टोलीका लागि हवाइ टिकट र ट्रयाकसुट प्यारागन पब्लिक स्कुलले प्रायोजना गरेको छ । बिदाइ कार्यक्रममै प्यारागनका प्रबन्ध निर्देशक साकिर उद्दिनले टोलीलाई टिकट र ट्रयाकसुट हस्तान्तरण गरे ।
सोही अवसरमा टोलीलाई नेपाल भारोत्तोलन संघका उपाध्यक्ष राम श्रेष्ठले ब्याग, न्यातपोल क्लासिकका प्रोप्राइटर विष्णु श्रेष्ठले १५ हजार नगद र पाटनका महेन्द्र महर्जनले ट्रयाकसुट प्रदान गरेका थिए ।


समाचार / गतिबिधि View All

Upcoming Events View All