फुटसल बिहीबारदेखि

नेपाल खेलाडी तथा प्रशिक्षक संघको आयोजनामा सुनीललाल जोशी स्मृति अन्तर संघ आमन्त्रण फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं दक्षिण एसियाली खेलकुद (साग) का पदकधारी सुनीलाल जोशीको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगितामा २० टिमको सहभागिता रहने आयोजक संघका महासचिव राजेन्द्र पाठकले जनाएका छन् । खुशीबुँस्थित रिभर फिल्ड फुटसलमा हुने दुईदिने प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार पाउने छन् ।


समाचार / गतिबिधि View All

Upcoming Events View All