तेक्वान्दो खेलाडीद्वारा रक्तदान


नेपाल तेक्वान्दो संघको आयोजनामा भएको रक्तदान कार्यक्रममा तेक्वान्दो खेलाडीले रक्तदान गरेका छन् । मंगलबार सातदोबाटोस्थित संघको भवनमा संघका अध्यक्ष प्रकास शम्शेर राणा, उपाध्यक्ष दिलबहादुर ओली, राष्ट्रिय टिमका प्रशिक्षक र खेलाडीले रक्तदान गरेका थिए । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमनुसार भएको चौथो डान ग्रेडिङको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको ग्रेडिङ संयोजक नोर्बु लामाले बताए । ग्रेडिङमा सहभागी कुल २५ खेलाडीले रक्तदान गरेका थिए ।
खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी कुल ६० जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजकसमेत रहेका लामाले बताए । ‘रक्तदान गरौँ जीवनदान गरौँ’ भन्ने मुल नारालाई आत्मसात गर्दै ग्रेडिङमा सहभागी सबैलाई रक्तदान दिन अनिवार्य गरिएको थियो । ग्रेडिङ संघको आयोजनामा तीनदिने चौथो डानको ग्रेडिङ सञ्चालन भएको छ । सातदोबाटोस्थित तेक्वान्दो भवनमा भएको ग्रेडिङमा संघका ग्रेडिङ कमिटीका संयोजक लामा र पारा तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक कल्याण कुँवरले ग्रेडिङ प्रदान गरेका थिए । गत फागुन २१ गतेदेखि सुरु भएको ग्रेडिङ बुधबारसम्म सञ्चालन हुनेछ ।


समाचार / गतिबिधि View All

Upcoming Events View All