टेबलटेनिस संघलाई उपाधि

अखिल नेपाल टेबलटेनिस संघले प्रथम सुनीललाल जोशी स्मृति अन्तर संघ फुटसल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । नयाँबजारस्थित रिभर फिल्ड फुटसलमा भएको फाइनलमा टेबलटेनस संघले भक्तपुर जिल्ला खेलाडी तथा प्रशिक्षक संघलाई टाइब्रेकरमा ५–४ गोलले पराजित ग¥यो । निर्धारित २० मिनेटको खेल ३–३ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । आयोजक नेपाल खेलाडी तथा प्रशिक्षक संघ ‘ए’ ले नेपाल हक्की संघलाई १२–१ को फराकिलो गोलअन्तरले हराउदै तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार हात पारे । मणिकुमार लामा उत्कृष्ट खेलाडी तथा मिलन खड्का उत्कृष्ट गोलरक्षक चुनिए । उपाधि विजेता टेबलटेनिस संघकाद्वयले जनही ५ हजार नगद पुरस्कार पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक संघका अध्यक्ष महेश महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा स्व. सुनीललाल जोशीलाई मरणोपरान्त सम्मान गरिएको थियो । स्व. जोशीकी धर्मपत्नीलाई दोसल्ला ओढ्यानुका साथै नगद १० हजार प्रदान गरियो । खेलकुद क्षेत्रलाई निरन्तर सहयोग गर्दै आएकोमा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष राम श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । एकदिने प्रतियोगितामा २० टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


समाचार / गतिबिधि View All

Upcoming Events View All