संभावना बोकेकी कमला श्रेष्ठ घाईते

महिलाको ५८ केजी तौलमा नेपाली सेनाकी कमला श्रेष्ठले स्नाचमा आफ्नै नाममा रहेको ६७ केजीको किर्तिमानमा सुधार गर्दै ६८ केजी तौलको नयाँ किर्तिमान राखेता पनि क्लिन एण्ड जर्कमा पनि नयाँ राष्ट्रिय किर्तिमान कायम गर्ने क्रममा उनी घाईते हुन पुगिन् । कमलाले स्नाचमा ६७ केजीको किर्तिमान २०१७ मा तुर्कमेनिस्तानमा भएको ५ औं मार्सल आर्टस् गेम्समा राखेकी थिईन् ।
एशियन प्रतियोगिताका लागि छनौट हुन सफल हुने विश्वास गरिएकी नेपाली सेनाकी कमला श्रेष्ठ क्लिन एण्ड जर्कमा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्ने उद्धेश्यका साथ ८७ केजी भार बहन गर्ने क्रममा खुट्टामा चोट लाग्नाका कारण प्रतियोगिताबाट बाहिरन पुगेकी थिईन् । उनकै नाममा ८६ केजीको किर्तिमान कायम रहेको छ ।


समाचार / गतिबिधि View All

Upcoming Events View All