तारा देवी र पुकार स्ट्रङ्गेष्ट खेलाडी

नेपाल प्रहरीकी तारादेवी पुन महिला तर्फ र नेपाली सेनाका पुकार गुरुङ्ग पुरुष तर्फ प्रतियोगिताको स्ट्रङ्गेष्ट खेलाडी घोषित भए । उनीहरुले ट्रफी प्राप्त गरे ।
यसै गरि महिला तर्फ जुनियरमा ओम फिटनेशकी संजु चौधरी र सिनियर तर्फ नेपाल प्रहरीकी देवी कुमारी चौधरी उत्कृष्ट लिफ्टर घोषित भए । यस्तै पुरुष तर्फ सिनियरमा सेनाका कमलबहादुर अधिकारी र जुनियर तर्फ ओम फिटनेशका प्रकाश के.सी. उत्कृष्ट लिफ्टर घोषित भए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल भई जुनियर पुरुष तर्फ खर्साल युथ क्लबका राम कुमार यादव र महिला तर्फ ग्यालेक्सि फिटनेशकी करिना चौधरी उदियमान खेलाडी घोषित भए ।
विजयी सवैले ट्रफी प्राप्त गरे ।


समाचार / गतिबिधि View All

Upcoming Events View All