नेपाल टिम च्याम्पियन 
नेपालले तेश्रो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि सोमबार जितेको छ । नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगितामा नेपाल १४ स्वर्ण, १७ रजत र ३७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।
दोश्रो भएको भारतले समान ११–११ स्वर्ण, रजत र कांस्य हात पा¥यो । तेश्रो स्थानमा चित्त बुझाएको भुटानले ३ स्वर्ण, ३ रजत र ४ कांस्य प्राप्त ग¥यो । पाँच राष्ट्र सहभागी दुईदिने प्रतियोगितामा ३ स्वर्ण र ८ कांस्यसाथ श्रीलंका चौथो तथा २ स्वर्ण र २ कांस्यसाथ मलेसिया पाँचौं भए ।
पुरुषमा नेपालका कुइसाङ लामा र महिलामा नेपालकै विबिका श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ३ सय ५० खेलाडीले विभिन्न ३३ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

समाचार / गतिबिधि View All

Upcoming Events View All