अन्तर्राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि
नेपाल तेक्वान्दो संघको तत्वावधान तथा युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा दोश्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता शुत्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १३ राष्ट्रबाट ३ सय ८३ पुरुष तथा २ सय ५० महिला खेलाडीको सहभागिता रहने आयोजक समितिका सचिव कुमार लामा घिसिङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
ग्यरोगीमा ४६ र पुम्सेमा ३८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पहिलो संस्करणमा प्रदर्शनी खेलका रुपमा राखिएको पारा विधालाई यसपटक प्रतिस्पर्धाका रुपमा समावेश गरिने आयोजकले जनाएको छ । त्यसमा पुरुषमा ३ र महिलामा २ तौलसमूहमा भिडन्त हुनेछ ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ४२ लाख ३९ हजार ६ सय रुपैयाँ खर्च हुनेछ । तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

समाचार / गतिबिधि View All

Upcoming Events View All