Press Release of NSC
प्रेस विज्ञप्ति
काठमाडौं, जेठ १ गते ।
नेपाली फुटबलका सर्वकालिन महान खेलाडी राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान मणिविक्रम शाहको निधनले राष्ट्रिय खेलकुद परिषद्, खेल क्षेत्रका साथै सिंगो राष्ट्र स्तब्ध भएको छ ।
फुटबलका माध्यमबाट दक्षिण एसियाली क्षेत्रका उत्कृष्ट खेलाडीमध्येका एक खेलाडीको पहिचान बनाउँदै देशको प्रतिष्ठा बढाउने दिवंगत शाह नेपाली फुटबल खेलाडीका प्रेरणाका श्रोत हुन् । सन् १९९३ मा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले फुटबलमा जितेको स्वर्ण पदकमा स्व. शाहको शानदार प्रदर्शन र महत्वपूर्ण योगदान अझै पनि नेपाली खेलप्रेमीको मन मष्तिष्कमा ताजै छ ।
यस दुःखद घडीमा दिवंगत शाहप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति राष्ट्रिय खेलकुद परिषद् हार्दिक समवेदना व्यक्त गर्दछ ।
(केशवकुमार विष्ट)
सदस्य–सचिव
राष्ट्रिय खेलकुद परिषद्

समाचार / गतिबिधि View All

Upcoming Events View All