पूर्व कप्तान मणि शाहको निधनमा राखेप स्तब्ध


नेपाली फुटबलका ख्याती प्राप्त पूर्व कप्तान मणिविक्रम शाको निधनमा राष्ट्रिय खेलकुद परिषद स्तब्ध भएको छ ।
“नेपाली फुटबलका सर्वकालिन महान खेलाडी, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान मणिविक्रम शाहको निधनले राष्ट्रिय खेलकुद परिषद, खेल क्षेत्रका साथै सिंगो राष्ट्र स्तब्ध भएको छ”– राखेपका सदस्य सचिव केशव कुमार बिष्टद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।
“फुटबलका माध्यमबाट दक्षिण एशियाली क्षेत्रका उत्कृष्ट खेलाडी मध्येका एक खेलाडीको पहिचान बनाउँदै देशको प्रतिष्ठा बढाउने दिवंगत शाह नेपाली फुटबल खेलाडीका प्रेरणाका श्रोत हुन् । सन् १९९३ मा भएको छैटौं दक्षिण एशियाली खेलकुदमा नेपालले फुटबलमा जितेको स्वर्ण पदकमा स्व. शाहको शानदार प्रदर्शन र महत्वपूर्ण योगदान अझै पनि नेपाली खेलप्रेमीको मन मष्तिष्कमा ताजै छ ।
यस दुःखद घडीमा दिवंगत शाहप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति राष्ट्रिय खेलकुद परिषद् हार्दिक समवेदना ब्यक्त गर्दछ ।” बिज्ञप्तीमा थप जनाईएको छ ।


समाचार / गतिबिधि View All

Upcoming Events View All