सान स्मारिका विमोचन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले प्रकाशन गरेको ‘सान स्मारिका’ को राखेपका सदस्य–सचिव केशवकुमार विष्टले बुधबार विमोचन गरे ।
स्मारिकामा सान स्थापनाको अवधारणा र विकास, खेलाडीको पोषण, मनोविज्ञान, खेलकुद चिकित्सा, डोपिङ, खेलकुद प्रशिक्षण र शिक्षा, खेलाडीले गर्नु पर्ने व्यायाम, सानको भूमिका, खेलाडीको भविष्य, खेलकुद व्यवस्थापनलगायतका विषयवस्तु समेटिएको छ । साथै ६० पृष्ठको स्मारिकामा सानले सञ्चालन गरेका विभिन्न कार्यक्रम पनि समावेश गरिएको छ ।
सदस्य–सचिव विष्टले स्मारिकालाई आगामी दिन अझ परिस्कृत गर्दै लैजानु पर्ने धारणा व्यक्त गर्दै प्रकाशनले निरन्तरता पाउनु पर्ने बताए ।
राखेपका प्रेस सल्लाहकार एवं स्मारिकाका सम्पादक रोहित दाहालले सरोकारवाला लाभान्वित हुने विषयवस्तुलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए ।
सानका निर्देशक नवीन उप्रेतीले सानले त्रैमासिक रुपमा स्पोर्ट्स जर्नल प्रकाशन गर्ने सोच बनाएको जानकारी गराए ।

समाचार / गतिबिधि View All

Upcoming Events View All