स्माइल र सुमिना उत्कृष्ट खेलाडी
 
छैटौं राष्ट्रिय जित कुण्डो प्रतियोगिताको पुरुषमा स्माइल लामा र महिलामा सुमिना दनुवार शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवै प्रदेश ३ का हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको एकदिने प्रतियोगितामा १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । त्यसमा प्रदेश ३ कै वर्चस्व रह्यो । प्रदेश ३ ले सर्वाधिक १० स्वर्ण जित्यो । बाँकी २ स्वर्ण प्रदेश ७ ले हात पा¥यो ।
पुरुषको ३० केजीमुनि सुसन माझी, ३५ केजीमुनि रोशन राई, ४० केजीमुनि अंकित घिमिरे, ४५ केजीमुनि सुमन थापा मगर, ५० केजीमुनि विक्रम थापा मगर, ५५ केजीमुनि अर्जुन भट्ट, ६० केजीमुनि निरन खत्री, ६५ केजीमुनि स्माइल लामा र ७० केजीमाथि मार्कोले स्वर्ण जिते ।
नेपाल जित कुण्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको ३५ केजीमुनि जमुना दनुवार, ४५ केजीमुनि पुनम परियार र ५५ केजीमुनि उर्मिला दनुवार पहिलो भए । विक्रम र अर्जुन प्रदेश ७ का हुन् । बाँकीले प्रदेश ३ बाट खेलेका थिए ।
विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापालगायतले पुरस्कार वितरण गरे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । प्रतियोगितामा ७ सात प्रदेशबाट ६० खेलाडी सहभागी थिए ।

समाचार / गतिबिधि View All

Upcoming Events View All