गौरिकाको पोल्टामा ८ स्वर्ण

ओलम्पियन गौरिका सिंहले २२ औं खुल्ला राष्टिय पौडी प्रतियोगितामा ८ स्वर्ण हात पार्न सफल भएकी छिन् । उनले महिला २०० मिटर फ्रिस्टायल, १०० मिटर बटरफ्लाई,१०० मिटर ब्याक, ५० मिटर फ्रि, २०० मिटर आईएम, १०० मिटर फ्रि, ५० मिटर बटरफ्लाई र ५० मिटर ब्याकस्टोकमा पदक हाता पार्न सफल भएकी हुन् ।
पहिलो पटक छोटो दूरी (सर्ट कोर्ष २५ मिटरको पुल) मा भएको प्रतियोगिताको २०० मि. फ्रिस्टायल सेनाकी गौरिकाले २ मि. ०९.१९ से.मा दूरी पुरा गरिन् । दोश्रो स्थानमा लिङकनकी टिशा शाक्य र तेश्रो स्थानमा इज्जी मर्फी रहिन् । यस्तै १०० मि. बटरफ्लाईमा उनले १ मि. ८.६३ सेकेन्डका साथ स्वर्ण पाईन् । सेनाकै डुवाना लामाले रजत र ईज्जी मर्फीले कास्य पाईन् । १०० मि. ब्याकमा उनले १ मि. ९.३० से.का साथ लिङकनकी ईज्जी मर्फीलाई पछि पारिन् । तेश्रो स्थानमा ईज्जी पावेलले कास्य पाईन् । गौरिकाले ५० मि. फ्रिमा २७.९५ से.मा स्वर्ण पाईन् । लिङनमा टिशा शाक्य र ईज्जी मर्फीले रजत र कास्य पाईन् । २०० मि. आईएममा २.३२ः५१ का साथ सिंहले स्वर्ण प्राप्त गर्दा सेनाकै डुवाना लामाले रजत र लिङकनकी टिशा शाक्ले कास्य पाईन् । १०० मिटर फ्रिमा पनि सिहले ५९.९१ सेकेन्डका साथ स्वर्ण प्राप्त गर्दा लिङकनका टिशा शाक्यले रजत र इज्जी मर्फीले कास्य पाए । ५० मिटर बटरप्mलाईमा गौरिकाले २९.६२ सेकेन्डका साथ स्वर्ण पाईन् । उक्त दुरीमा लिंकनका इज्जी मर्फी र ईज्जी पावेलले रजत र कास्य पाए । यस्तै गौरिकाले ५० मि. ब्याकमा ३१.३१ सेकेन्डका साथ स्वर्ण हात पार्दा लिंकनका इज्जी मर्फी र निआम पावेलले रजत र कास्य पाए ।
२० स्वर्ण पदकका लागि भएको प्रतियोगिताको अन्य खेलमा १०० मि.मा सेनाकी डुवाना लामाले १ मि. २०.५८ से.मा स्वर्ण पाईन् । उक्त विधामा टिशा शाक्यले रजत र निमाह पावेलले कास्य पाए । यस्तै डुवानाले ५० मि. ब्रेष्टमा पनि स्वण पाईन् । उक्त विधामा लिंकनका टिशा शाक्य र निमाह पावेलले रजत र कास्य पाए ।
नेपाल पौडी संघको आयोजनमा भएको प्रतियोगिताको पुरुष २०० मिटर आईएममा सेनाका ओलम्पियन शिरिष गुरुङले स्वर्ण पाए । यस्तै शिरिषले५०, १०० र २०० मि.फ्रि.मा पनि स्वर्ण पाए ।
उनले आईएममा २ मि.२६.१७ सेकेन्डमा दुरी पुरा गरे । यस्तै ५० मि.फ्रिमा २५.९५ सेकेन्ड,१०० मि. फ्रिमा ५७.०३ से., र २०० मिटरमा २ मिनट १४.६८ से.का साथ दूरी पुरा गरेका थिए ।
यस्तै युलेन्सका अनुभव सुब्बाले १०० मिटर बटरप्mलाईमा स्वर्ण पाए । उनले उक्त दूरी १ मि. १.७६ सेकेन्डमा पुरा गरे । अनुभवले ५० मिटर बटरप्mलाईमा पनि २७.९७ से.का साथ स्वर्ण पाए । जेम्स स्कुलका सुभमले १०० मि. ब्रेष्ट स्टोकमा १ मि. ८.९४ सेकेन्डमा साथ स्वर्ण हात पारे । यस्तै सुभमले ५० मि. मा पनि स्वर्ण हात पारे । उनले उक्त दूरी ३२.०१ सेकेन्डका साथ पुरा गरेका थिए । ५० मि. ब्याकमा लिंकनका जराह बड्ले ३३.५६ सेकेन्डमा साथ र प्रशान्त राज जोशीले १०० मि. ब्याकमा १ मि. ११.५३ सेकेन्डका साथ स्वर्ण हात पारे ।
ईन्डोनेशियामा आयोजना हुने १८ औं एयिशन प्रतियोगिताको लागि छनोट प्रतियोगिता समेत रहेको प्रतियोगिताबाट फिना अंकका आधारमा महिला तर्फ गौरिका सिंह, टिशा शाक्य तथा पुरुष तर्फ सुभम श्रेष्ठ र शिरिष गुरुङ छनोट हुन सफल भए । बैकल्पीक खेलाडीको रुपमा महिला तर्फ डुवाना लामा र पुरुष तर्फ अनुभव सुब्बा छनौट भए ।
गौरिकाले ६३० र टिशाले ५०७ अंक पाए । यस्तै सुभमले ५२४ र शिरिषले ४८९ अंक हात पारे । डुवानाले ४६५ र अनुभवले ४८६ अंक प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट, तालिम तथा प्रशिक्षण विभाग निर्देशक रिम रानाभाट, राष्ट्रिय टिम तयारी समितिका निर्देशक अर्जून बि.क., नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य लगायतले मेडल तथा प्रमाण पत्र बितरण गरेका थिए ।


समाचार / गतिबिधि View All

Upcoming Events View All