केसिटिसी ए र ओएसिस अन्तिम आठमा

केसिटिसी ए टिम सान निलोलाई पराजित गर्दै काजेश्वरी मनोहरा यु–१६ टि–२० सान क्रिकेट कपको क्वाटरफाईनलमा समूह क को विजेताको रुपमा प्रवेश गरेको छ ।

बिहिबार सम्पन्न प्रतियोगितामा आयोजक सानको निलो टिमलाई १९ रनले पराजित गरे संगै केसिटिसी समूह विजेता बनेको हो । दोश्रो टिमको रुपमा एन्जल्स क्रिकेट एकेडेमीले पनि अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भयो । टस जितेर केसिटिसीलाई पहिलो ब्याटिङ्गको निम्ता दिएको सान निलोले उत्कृष्ट बलिङ्ग गर्दै निर्धारित ओभरमा ९ विकेटको क्षतीमा ८३ रनमा रोकेता पनि निश्चित ओभरमा निर्धारित लक्ष पुरा गर्न नसके पछि प्रतियोगिताबाट बाहिरिएको थियो । सान निलोले अन्तिम आठ प्रवेशका लागि १२ ओभरमा लक्ष पुरा गर्नु पर्ने थियो ।

केसिटिसीलाई विजयी गराउन संजय श्रेष्ठको ३३ बलम ३३ रन, फरिद खानको १४ बलम १० रन र सचिन श्रेष्ठको २१ बलमा ११ रन तथा बलिङ्गमा म्यान अफ दि म्याच कौशल सुवेदीको ४ ओरमा १५ रन र ४ विकेट प्रमुख रह्यो ।

बलिङ्ग तर्फ सान निलोका एकनाथ नेपालले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभर फाल्दै २० रन दिए । यस्तै सुभम झाले ४ ओभरमा १७ रन दिंदै १ विकेट लिए । अन्य बलरमा अजय गिरीले ४ ओभरमा १५ रनका साथ एक, अजय देवले ३ ओभरमा १४ रनका साथ १, कालिल गिरीले ३ ओभरमा ६ रनका साथ १ विकेट लिए भने अभिषेक श्रेष्ठले २ ओभरमा ८ रन दिए ।

८४ रनको लक्षका साथ मैदान प्रवेश गरेको सान निलो १३.४ ओभरमा ६४ रनमा समेटिनि पुग्यो । एकनाथ नेपालले ३३ बलमा १९ रन जोड्नु बाहेक कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङ्ग तर्फ केसिटिसीका कैशल सुवेदीले ४ ओभरमा १५ रनका साथ ४ विकेट लिए । उनी म्यान अफ द म्याच घोषित भए । यस्तै साहश शाक्यले ३ ओभरमा ५ रनका साथ दुई विकेट, अथर्व पौडेलले २.४ ओभरमा ११ रनका साथ एक र सुनभ धोज थापाले २ ओभरमा १० रनका साथ १ विकेट लिए । यसैगरि आयुष थापाले १ ओभरमा ७ र सौगात भण्डारीले १ ओभरमा ९ रन दिए ।

राष्ट्रिय खेलकुद परिषदका बरिष्ठ क्रिकेट प्रशिक्षक सुनौज भट्टराईले म्यान अफ दि म्याच कौशल सुवेदीलाई ट्रफी प्रदान गरे ।

यस्तै आजै भएको दोश्रो खेलमा ओएसिसले बालुवाटार क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो । ओएसिसका लागि सुदीप बस्नेतले ५६ बलमा ४१ रन र आईश भट्टराईले १० बलमा १० रन जोडे ।

ओएसिसका सुमित श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । उनले ३.४ ओभरमा ६ रन दिंदै ४ विकेट लिए ।

बालुवाटारका लागि समन श्रेष्ठले २० बलमा १४ रन र नविन तामाङ्गले १९ बलमा १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न असफल भए ।

बलिङ्गमा ओएसिसका सुमित श्रेष्ठले ३.४ ओभरमा ६ रनमा ४ विकेट लिए । यस्तै सचिन शर्माले ४ ओरमा १० रनमा २ विकेट र आरोग्य भट्टराईले २ ओभरमा १० रनमा २ विकेट लिए । यसै गरि स्वरुप श्रेष्ठले ४ ओरमा ११ रन १ विकेट लिए ।


समाचार / गतिबिधि View All

Upcoming Events View All