सेपाकताक्रोमा नेपाललाई ३ रजत र १ कांस्य

काठमाडौं, असार १० गते ।

नेपालले तेश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा आइतबार ३ रजत र १ कांस्य गरी ४ पदक जितेको छ ।

नेपाल सेपाकताक्रो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष÷महिला रेगु तथा महिला डबल्स स्पर्धामा नेपाल रजत हात पा¥यो । पुरुष क्वाडमा नेपालले कांस्यमा चित्त बुझायो । समग्रमा नेपाल दोश्रो भयो ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको पुरुष क्वाडमा नेपालले श्रीलंकालाई २१–१० र २१–१७ ले पराजित ग¥यो । नेपाल भारतसंग ५–२१ र २०–२२ तथा बंगलादेशसंग १८–२१, २१–१७ र १४–२१ ले हा¥यो । भारत पहिलो र बंगलादेश दोश्रो भए । श्रीलंकाले नेपालसंगै तेश्रो स्थानमा चित्त बुझायो । नेपालबाट रुपेश सुनार, सुजन डंगोल, रोशन तामाङ, रविन भट्टराईलगायतले प्रतिस्पर्धा गरेका थिए ।

महिला डबल्समा नेपालले श्रीलंकालाई २१–१३ र २१–९ तथा बंगालदेशलाई २१–१२ र २१–११ ले पाखा लगायो । भारत विरुद्धको खेलमा भने नेपाल २२–२४ र १९–२१ ले चुकेपछि रजतमा सीमित भएको हो । भारत पहिलो भयो । सोममाया थापा मगर, सुमित्रा डंगोल र चन्द्रा चौधरीले नेपालको प्रतिनिधित्व गरेका थिए ।

प्रतियोगितामा पुरुष क्वाड, पुरुष÷महिला रेगु र महिला डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । त्यसमा भारत सबै स्पर्धामा स्वर्ण हात पार्दै समग्रमा पहिलो भयो । बंगलादेशले १ रजत र ३ कांस्य प्राप्त ग¥यो भने श्रीलंका ४ कांस्यमा सीमित भयो ।

विजेतालाई सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सेपाकताक्रो संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, सेपाकताक्रो संघका अध्यक्ष नेत्रबहादुर गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । शुक्रबारदेखि सुरु राउन्ड रोविन लिग प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्र सहभागी थिए । पहिलो संस्करण पनि नेपालमै भएको थियो । दोश्रो संस्करण श्रीलंकाले आयोजना गरेको थियो ।


समाचार / गतिबिधि View All

Upcoming Events View All